23 September 2019  |   सोमवार, अशोज ६, २०७६

पश्चिमासँग भारतको दिलदोष्ती,अफगानिस्तानकै पेरिफेरोमा नेपालको राजनीति !

    | प्रकाशित मितिः सोमवार, साउन ६, २०७६  

मनोज पराजुली 
केही वर्षअघि अफगानिस्तान पनि राजतन्त्रात्मक मुलुक थियो । प्रजातन्त्रको नाममा राजतन्त्र हुत्याउन पश्चिमाहरुले अफगानि जनतालाई उकासे । पैसा र हतियारले पूर्ण रुपमा साथ दिए, विद्रोह गराए र अन्ततः राजतन्त्र  फ्यालियो । पश्चिमालाई आफ्नो देउता सम्झिने अफ्गानिहरुले यो बुझ्न धेरै समय लागेन ।, कि वास्तवमा तिनिहरु अफगानिस्तानको लागि घातक मात्रै होइन, देश नै सिद्ध्याउने छल थियो भनेर । आज अफगानिस्तान जातिय द्वन्द र विदेशीको भरोशामा बाँच्न वाध्य छ, गरीबीको चरम संकटमा छ ।

अफगानि जनताको वर्षौ देखिको राजसंस्था प्रतिको आस्था त्याग्दा आज पछुताउने मौका पनि पाको छैन र राजा, राजपरिवार र राजसंस्था ल्याउने उनिहरुको चाहना, आफ्नो शान्त देशलाई फेरी सम्बृद भएको हेर्ने उनिहरुको अपेक्षा अब कहिल्यै पुरा हुने स्थितिमा छैन। अब प्रशङ्ग तिर लागौ ।

सुरुवाती समयमा, ००७साल ताका भारतको गिद्दे दृष्‍टि नेपालको पानी, जडिबुटी र प्राकृतिक श्रोत माथि थियो। त्यसैले उसले नेपाललाई कुनै न कुनै माध्यम बाट आफ्नो अधिकार क्षेत्र भित्र राख्न चाहन्थ्यो । यो मनसाय पनि राजसंस्थाले गर्दा पुरा हुन सकेन। अझ राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्तावले भारत आफ्नो योजनामा सफल नहुने जस्तो देखेर धेरै छटपटायो । ,र विभिन्न प्रपञ्च रच्दै आयो । जसरी अफगानिस्तानलाई तहसनहस गर्न पश्चिमाले त्यहाँका स्थानिय बौद्धिक, पत्रकार र नेतालाई किने,आफ्नो षड्यन्त्रमा पारे । भारतले पनि आफ्नो स्वार्थ पुरा गर्न नेपालका नेता, पत्रकार र अधिकारवादीलाई किन्न सुरु गर्‍यो। र नेपालका यि बुद्धिजिवीहरु पनि विक्दै गए ।

अफगानिस्तान मुस्लिम देश भएको भएर पश्चिमाहरु लाई केही   अप्ठ्यारो त पक्कै थियो । , तर नेपाल हिन्दू राष्ट्र भए पनि राजसंस्था बहुजातिय र सबै सम्प्रदायलाई समान अधिकार दिने भएकोले गर्दा सुरुमा प्रजातन्त्रको नाउमा ०४६ सालको आन्दोलन गराईयो । राजा वीरेन्द्र दुरदर्शी भएकै हुनाले भारतको यो स्वार्थ पनि पुरा हुन सकेन । किनकी राजा वीरेन्द्र भारतसँग झुक्नु भन्दा समय सापेक्ष हिसाबले आफ्नो देश बदल्नु पर्छ भन्ने मान्यतामा थिए । त्यसैले राजा वीरेन्द्रले जनताको चाहना अनुरुप प्रजातन्त्र स्विकार गरिदिए । र भारतको षड्यन्त्र सफल हुन दिएनन। तर तत्कालिन नेताहरु, जो सबै भारतको लागि काम गर्ने हली भैसकेका थिए । नेपालको पानी जती भारतलाई जिम्मा लाउन तँछाडमछाड गरेर लागि परेका थिर ।

समयको परिवर्तन संगै भारतको जनसंख्या अत्याधिक बड्दै गयो । देशले पनि कोल्टे फेर्दै गयो ।,र उ पनि शक्तिशाली राष्ट्रहरु मद्ध्ये आफुलाई उभ्याउन सक्षम हुँदै गयो। यस् बिचमा उसले रसिया सँग अत्याधुनिक हात-हतियार खरिद गर्नुदेखि विभिन्न परमाणु अस्त्रको सफल परिक्षण, सेटेलाइट, फाइटर जेट लगायत अन्य धेरै शक्ति सन्चय गरीसकेको भारतले आफुलाई आणविक शक्तिमा पनि शक्तिशाली सावित हुँदै गरेको प्रमाण देखाउदै आयो । तर यो संगसंगै भारतलाई अर्को चुनौती थपिएको थियो ।  त्यो के थियो भने – चाइनाले विश्वब्यापी रुपमा आफ्नो व्यापारिक बाहुल्यता बडाउदै गैरहेको थियो । जसको सिधै प्रभाव उसको आफ्नो आन्तरिक व्यापारमा समेत नराम्रो प्रभाव पार्न थाल्यो। यसको सिधै प्रभाव अब उसको बड्दो शक्तिको लागि घातक हुने स्थिती सृजना पारिदियो ।

यो संगै अर्कोतिर भारत आफु एसियाकै शक्तिशाली राष्ट्रमा आफुलाई देख्न चाहान्थ्यो ,आफ्नो प्रभाव पार्न चाहान्थ्यो । मेरो व्यक्तिगत अनुभव (देखेको कुरो) के रह्यो भने, चाइनाको सबै भन्दा ठुलो ब्यापार रसिया (जो  टुक्रिएर गरिबी जस्तै संघारमा थियो । सोही बखत जापानले पनि आफ्नो धेरै भन्दा धेरै उत्पादनहरु कपी राइटमा चाइना बाटै उत्पादन गराउन थाल्यो। त्यति मात्रै होइन, चाइनाले आफुले निर्माण गरेको अत्याधुनिक हात हतियारको प्रदर्शन समेत गराइदियो ।, र संसारलाई चकित पार्नेकाम गर्दै आयो । यसले गर्दा भारतको छटपटाहट अझ बडेर गयो। यो छटपटाहट, भारतको मात्रै थिएन । अमेरिका र यूरोपको पनि मुटुमा ढ्याण्ग्रो ठोकी सकेको थियो ।  र उनिहरुले चाइनालाई धरासायी बनाउन भारतको सहयोग लिने योजना अनुरुप अमेरिका र भारतको सामिप्यता बढी गयो ।

त्यो बेला नेपालको भुमी प्रयोग गरेर तिब्बतलाई हातमा लिदै चाइनामा धावा बोल्ने भयंकर योजना बन्यो । जसको सबुत दलाई लामालाई भारतले संरक्षण दिनु हो । अर्को भारतले घरीघरी बुद्ध भारतमा जन्मेका हुन भनेर हाम्रो धार्मिक आस्थामा खेलवाड गर्नु कुनै गल्ती होइन, यो त सोची सम्झी गरिएको “प्रोपोगाण्डा” हो।

पश्चिमाहरुकै योजना अनुसार, भारतलाई प्रयोग गरेर नेपालमा जनयुद्ध गराइयो । जनयुद्ध पनि सफल हुने नदेखेपछि  नेपालमा राजपरिवारको क्रुर हत्या गराइयो । र दोष तत्कालीन राजा ज्ञानेन्द्र माथि थोपरियो। हामी नेपाली सोझा र छिट्टै विश्वाश गर्ने हुँदा, हामीलाई अन्धकारमा राखेर सबै राजनीतिक  दलका नेता, अधिकारवादी, पत्रकार र बुद्धिजिवीलाई खरिद गरियो ।

तत्कालीन राजा ज्ञानेन्द्रको चाइनाप्रतिको झुकाव कुनै बदनियत नभएर आफ्नो देशको रक्षा गर्नु मात्रै थियो । जुन भारत र पश्चिमाहरुको योजना बिफल बनाउने ठुलो अड्चन भयो । त्यसैले, राजालाई एक्लो बनाएर ०६२/६३ को आन्दोलन गराईयो र नेपालमा गणतन्त्र थोपरियो। राजतन्त्रलाई पाखा लगाइयो ।

यहाँ राप्रपाका अध्यक्ष कमल थापालाई विशेष उल्लेख गर्न चाहन्छु, र तत्कालीन शाही नेपाली सेनाका केही अधिकारीलाई पनि । देशप्रति विश्वाशघात जति काङ्ग्रेस र कम्युनिस्टले गरे, त्यो भन्दा बढि  यिनिहरुले गरेका हुन । किनकी गणतन्त्रको जग बस्दै छ,भनेर राजालाई गुमराहमा राख्ने यिनै दुई त्यो बेलाका मुख्य खलपात्र हुन। त्यसपछिको घटनाक्रम त हामी सबैले बुझेकै छौ ।

देशमा संघीयता र धर्म निरपेक्ष जबरजस्ती जनताको चाहना विपरीत लादिएको किन थियो भन्ने अब हामीले बुझ्नु पर्छ । सिक्किमिकरण र भुटानीकरण भन्ने त हावा मात्रै हो । मधेसी र पहाडी, हिमाल र तराइ, इत्यादी भनेर हामीलाई एक आपसमा जुधाउने, अनि देशको उत्तरी भागमा इसाइकरण र संघीयता साथसाथै जातियता लाई भड्काएर तिब्बतलाई साथ दिन्छु भन्दै चाइना टुक्र्याउने भयंकर षड्यन्त्र को बिजारोपण भै सकेको छ ।

मुक्तिनाथमा भारतीय र पश्चिमाहरुको बड्दो आवत जावत, माथिल्लो भेगका जनजातीलाई सहयोगको नाउमा ब्रेन वाश गराउने काम तिब्र गतीमा हुँदैछ । जसरी अफगानिस्तानको धर्ती प्रयोग गरेर रसिया टुक्र्याईयो । त्यसैगरी अब नेपालको धर्ती प्रयोग गरेर चाइना टुक्र्याउने खेलो पश्चिमाबात हुँदैछ।

एसियाकै शक्तिशाली राष्ट्र हुने चाहना राख्ने भारत, आज चाइना उसको लागि दुश्मन जस्तै छ । यसैको लागि उसले पश्चिमासँग दिल खोलेर हात मिलाएको छ । अनि हाम्रो भुमीलाई अर्को अफगानिस्तान बनाउन भारत लागि परेको छ।

RAW अनि US Indo-Pacific Soldiers को नेपालमा खुल्ला उपस्थितिले के देखाउन खोज्दै छ हामिले सोचेको छौ ? सरकार  मुखदर्शक मात्रै बनेको छैन, उनिहरुकै चाकडीमा व्यस्त छ। किन RAW अनि US Indo-Pacific Soldiers कुनै न कुनै बहानामा नेपालमा सकृय छ? के हो यिनिहरुको नियत? के र कस्तो योजना बन्दै छ? के अब FREE TIBET MOVEMENT को सुरुवात त हुँदै छैन? के अब हामी गृहयुद्धको संघारमा त छैनौं? किन धार्मिक र सामाजिक आस्था मांथि ठाडो हस्तक्षेप हुदैछ? सोच्नु पर्ने कुरो धेरै छ । कतै हामी पनि अफगानिस्तान को बाटोमा त छैनौं?

अन्तमा: भारतको त्यो चतुर्‍याइँ सफल बन्यो भने अब हामी पनि अर्को अफगान्तानमा बांच्ने छौ । जसको लागि धेरै समय कुर्नु पर्दैन। विश्वाश गर्नुस् या न गर्नुस्  यस्को लागि हाम्रो देशका बौद्धिक, पत्रकार, भाषाविद, मानवअधिकारवादीको खोल ओढेका केहि परिचालित व्यक्तिहरु,केही कानूनबिद, लगायत अधिकारवादीको यसमा प्रत्यक्ष सहयोग र संलग्नता छ। नेता त देखिने पात्र मात्रै हुन।

प्रकाशित मितिः सोमवार, साउन ६, २०७६     12:53:39 PM  |

प्रतिक्रया दिनुहोस्