13 August 2019  |   मङ्लबार, साउन २८, २०७६

केसी ज्यु तपाई पनि डा. हो र ?

    | प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६  

माधव केसी
सर्वप्रथम त म हाम्रो देशले खासै नचिनेकाे तर विश्वले चिनेको ,मानेको आदरणीय व्याक्तित्व डा.सन्दुक रुइत, एसियामै ख्यातिप्राप्त डा.भगवान काेइराला, स्वा डा.उपेन्द्र देवकोटा ,देश विदेशमै राम्रो मानिने डा.भाेला रिजाल, लगाएत यस्तै अन्य डा. हरु प्रति सम्मान प्रकट गर्न चाहन्छु । ताकि मैले कलम चलाउदै गर्दा प्रयोग भएका शब्दहरुले उँहाहरुलाई नछुओस ।

माथि उल्लेखित नाम भन्दा बाहिरको एउटा,नाम पेशा ले डा. तर डा. जस्तो पनि नलाग्ने आदरणिय व्यक्तित्व डा.गाेविन्द के.सी काे विषयमा केही लेख्दै छु ।

डा. साव नमस्ते !
डा. साव खै किन हो मलाई त तपाई डा.जस्ताे पनि लाग्दैन । यो मलाई मात्र होइन हामी धेरैलाई लाग्दैन तपाई (आफू) डा.हो भन्ने ।, किन कि हामी साधारण मानिसले देखेका डा. त हामी जस्ता साधारण मानिसहरु संग त्यति बोल्न पनि नखोज्ने,बोलिहाले पनि जाँगर नलागे जसरी बोल्ने । स्टायर्डड सूट बुटमा ठाँटिएका चिलिया गाडिहरुमा सवार हुने,राम्रो खाने राम्रो लगाउने राम्रै ठाँउमा बस्ने !

तपाइले महिना भरीमा कमाउने जति एकै दिनमा कमाउन सक्ने वर्गिय हिसाबले विभिन्न अस्पतालहरुमा सिफारीस गर्ने प्राईभेट हस्पिटल संचालन गर्न सक्ने नभए क्लिनिक चलाउने (चलाएका) सरकारी अस्पतालमा सेटिङ मिलाएर हाजिर मात्र गरेर पनि तलव बुझ्न सक्ने सरकारी कोटामा नाम निकालेर पढेका हौं भनी सेवा भन्दा पनि सान बढी दिने कसैले 60/70 लाख खर्च गरेर पढेका हौं भन्दै गरीब (सामान्य) विमारी अभिभावकहरु संग झोक्कीएर बोल्ने उनिहरुलाई त्यति व्वस्था समेत नगर्ने मानवता नभए जस्ता ।

पैसाकै लागि मर्नै लागेको अन्तीम अवस्थामा पुगेको मान्छेलाई पनि भेन्टिलेटर सेन्टिलेटरमा राखेर सेवा दिन सक्ने । मैला,धैला देखिने हरुसंग नजिक पर्न पनि अप्ठयारो मान्ने, गरिब जस्तो देखिएमा गुणस्तरीय उपचार सेवा पनि नदिने, कमिसन आउने ठाँउमा कान ठाडा पार्ने, सरकारी क्षेत्रबाट सेवा दिनुपरेमा विरामि भन्दा पनि बढि घडि हेर्ने प्राईभेटमा टिकट कति कट्यो भन्दै सरकारी फोनकै दुरुपयोग गरी फोन बाटै कमाइकाे हिसाब निकाल्न हतार देखिने।

कान चिरीदिने ठाँउमा पेट चिरीदिने हात बाधिदिने ठाउँमा खुट्टा पलास्टर गरेर पठाई दिने आर्थिक अवस्थाको आधारमा उपचार गर्ने (सहयोगी भावना भएका) ठुला ठुला प्राईभेट हस्पिटलमा बसेर सेवा दिने सरकारी हस्पिटलमा बसेर सिफारीस मात्र गर्न जानेका प्राईभेटमा आए भने सबै जानेका खोला नाला कहिले नतरेका बाढि, हावा हुरी आएको कहिले थाहा नपाउने दुर्गम दुरदराजका मानिस (हुम्ली,जुम्ली,जाजरकोटे) लाई देखे भने टाढै बाट पनि चिन्ने तर हुम्ला,जुम्ला,जाजरकोट जस्ता दुर्गम दुरदराजका समस्या कहिलै नबुझेका जातिय,वर्गिय विभेद,गरिवी नबुझेका तर तिनै कोटामा डा. पढेका ।

यस्तै यस्तै गुण भएकालाई पो हामी डा. देख्ने गरेका छौ । एम.वि.वि.एस, एम.डि. जे होस यस्तै यस्तै लाई मात्र डा. देख्ने गरेका छौ ।

अनि तपाई के को डा.?
खालि सरकारी हस्पिटलमै पुरै समय दिएर बस्नुहुन्छ । राम्रो कपडा समेत लगाउनु हुन्न। सुन्ने गरेको छु घडि पनि पाँच सात वर्ष पहिलेको हो रे त्यो पनि कसैले दिएको होला । पुराना कपडा लगाएर हिड्नु हुन्छ । खुट्टामा तुना राखेका तुनावाल चप्पल पुरानो झोला, पुरानो (खुम्चीएको) पाइन्ट,पुरानै टि-सर्ट गाडि घोडा हुने त कुरै भएन अनि तपाई के को डाक्टर ।

बाढि आउदा त्यहि प्रभावित क्षेत्रमै पुग्ने,हावा हुरी आउदा हावा हुरी पिडितको मै पुग्ने त्यो पनि कुनै एन.जि.ओ., आइ. एन. जि.ओ. को सिफारीस, उनीहरुको लगानी सहयोगमा मा नभै आफै लगानी (पैसा) खर्च गरेर त्यस्ता गरिव, पिढित, निमुखा फोहोरी मानिसहरु संग अंकमाल गर्दै दिन दुःखीहरुको उपचार मा खटिने पनि तपाई के को डाक्टर ?

पैसा आउने होईन उल्टै खर्च हुने त्यो मात्र नभएर ज्यान समेत जोखिममा पारेर हिडेरै जानुपर्ने अनि तपाई के को डाक्टर ।

हुम्ला जुम्ला तिर झाडापखला लाग्यो कि औषधि बोकि तपाई त्यहि पुगिहाल्ने ? त्यस्तै जुम्ली जस्तै देखिदै तपाईलाई देख्दा तिनै जुम्लीले समेत विश्वास गरेन्न रे ? अनि म डा. गोविन्द के. सी. भन्दा भगवान आएको भनि अंगालो मार्दै रोय रे यस्ता संग जाने तपाई कस्तो डाक्टर यँहा त्यताका मानिस विमारी परेर बुटवल, काठमान्डौं आउदा समेत खास डाक्टरहरु त अलि टाढै बाट उपचार सेवा दिन्छन रे । सायद झाडापखलै लिएर आउछन भनेर होला अनि तपाई त्यस्ता मानिसलाई गाउँमै गएर सेवा गर्ने ,सक्दो उपचार गर्ने तपाई के काे डाक्टर ?

अनि स्वास्थ्य सेवा सुलभ हुनुपर्र्छ भनि आन्दोलन गर्दै हिड्ने तपाई के डाक्टर गरिवले उपचार नपाएर के भोत उनीहरु कति नै पैसा खर्च गर्न सक्छन र पैसावाल ,ठुला बढालाई सुबिधा सम्पन्न ठुलाठुला हस्पिटल हरु छदै छन् अनि तपाई ति पैसा नभएका गरिवले पनि सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउन पर्छ भनि चिन्ता गर्दै हिड्ने तपाई के डाक्टर ? क्षेमतावान योग्य गरिवले पनि पढ्न सक्ने गरि स्वास्थ्य शिक्षा मा सुधार ल्याउन पर्छ (व्यवस्था) गर्नुपर्छ भन्नुहुन्छ । डा. पनि गरिवको छोरा छोरीले पढ्ने शिक्षा हो र ? यो त पैसावालाले पैसा खर्च गरेर पढ्ने र पैसा कमाउने क्षेत्र हो । अनि तपाई सुलभ शिक्षा भन्नु हुन्छ अनि तपाई के को डाक्टर ?

मेडिकल माफियाको विरुद्धमा आन्दोलन गर्ने के.सी. के को डाक्टर ? गरिव दिन दुःखीलाई उपचार गर्दै हिड्ने गरिव बुढो के डाक्टर ? पिडितलाई उपचार सेवा दिदै हिड्ने के. सी. के काे डाक्टर ?

गरिव जस्तै देखिने के. सी. के काे डाक्टर, डाक्टर त ति हुन जसले मरेका लासलाई पनि भेन्टिलेटरमा राखेर 10/20 लाखको विल बनाउन सक्छन। ठुला ठुला मेडिकल, मेडिकल कलेजमा लगानी गर्न सक्छन । 5/7 दिनमा मर्छ नै भन्ने थाहा हुदाहुदै पनि आ.सि.यू,भेन्टिलेटर मा राखेर उपचार गरि सेवा गर्न सक्ने सरकारी मा भन्दा प्राईभेटलाई बढि समय दिने, सरकारी हस्पिटललाई व्यवस्थित गरी सेवा दिनुको साटो त्यहि बसेर तेहिकाे नुन खाएर यहाँ खासै राम्रो छैन भन्दै सस्थाकाे बदनामी मात्र गर्ने । अली कमजोर अवस्थाकाे बिमारी पाएमा प्रयाेगशालाकाे चिज सम्झने,सेवाको भन्दा पनि कमाईको हिसाव बढि गर्न जानेका मेडिकल माफियाको पक्षमा वकालत गर्ने vip हरु सङ्ग साठगाठ भएका vip जस्ता देखिने यस्तै धेरै बिशेषता भएकाहरु पाे Dr. अनि तपाई ……..?

सारमा डाक्टर भनेका भगवान सरह नै हुन यो भन्दैमा सबै अगाडि डाक्टर लेख्नेलाई भगवान मान्न सकिएन भगवान हुने नहुनेत तपाइलेगर्ने कर्मले निर्धारण गर्दछ अब त्यो तपाईकै हातमा छ ।
(लेखक माधव केसी सामाजिक सस्था – राष्ट्रिय जनस्वास्थ्य समाजका अध्यक्ष हुन)

प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६     7:20:08 PM  |

प्रतिक्रया दिनुहोस्