कैलालीको बूढीतोलामा जिप दुर्घटना हुँदा ६ जना घाइते

धनगढी । कैलालीको बूढीतोलामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बैतडीको पञ्चेश्वरबाट धनगढी आउँदै गरेको से १ झ १०७८ नम्बरको जिप बुधबार बिहान बुढीतोला नजिकै श्रीभावरमा दुर्घटना भएको हो । जिप दुर्घटनामा परि हजारी चन्द, दुर्गा चन्द, जनक चन्द, रमेश चन्द, शिव कँडेल र यमकान्त भूषाल घाइते भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घाइतेहरुको ठेगाना भने नखुलेको र उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल ल्याइएको छ ।

प्रतिक्रया दिनुहोस्