23 September 2019  |   सोमवार, अशोज ६, २०७६

लोकसेवा आयोगको बिज्ञापन विरुद्ध सशक्त आन्दोलन हुँदै,सुर्खेतमा ५सय १ सदस्यीय संघर्ष समिति गठन !

    | प्रकाशित मितिः बुधबार, साउन ८, २०७६  

सुर्खेत । लोकसेवा आयोगले प्रकाशित गरेको बिज्ञापन प्रति  असन्तुष्टि राख्दै आरक्षण बचाऔ,आन्दोलन तथा आदिवासी जनजाति महासंघले दोस्रो चरणको आन्दोलनलाई थप शसक्त पार्ने जनाएको छ । पहिलो चरणको आन्दोलन सकिए लगत्तै बुधबार पुनः दोस्रो चरणको आन्दोलनको चेतावनी दिएको हो ।

आयोगले प्रकाशित गरेको बिज्ञापन असंवैधानिक भएको,समानुपातिक ,समावेशी सिधाान्त बिपरित भएको भन्दै  लोकसेवामा प्रकाशित बिज्ञापन आदिवासी ,जनजाति ,मधेसी ,मुस्लिम ,महिला तथा अपांगता भएका व्यक्ति र पिछडिएका क्षेत्रको हिन अनुकुल हुनुपर्ने मागसहित आन्दोलन पुनः चर्काउने तयारी भएको छ ।

जसका लागि  नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेश समन्वय परिषदका अध्यक्ष वीर बहादुर राउत भाेटेको संयोजकत्वमा बुधबार पाँच सय एक जनाको संघर्ष समिति गठन गरिएको छ । जसमा हरेक जातीय संस्थाका अध्यक्षहरू सम्मिलित छ्न ।

इतिहासमै पहिलो पटक लोकसेवा आयोग विरुद्ध आन्दोलन जारी रहेको छ ।

प्रकाशित मितिः बुधबार, साउन ८, २०७६     7:53:41 PM  |

प्रतिक्रया दिनुहोस्