राप्रविसं हिकास्ट क्याम्पसद्वारा फुटसल कार्यक्रम आयोजना

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन हिकास्ट ईकाइ कार्यसमितिले अन्तर सेमेष्टर फुटसल प्रतियोगिताको आयोजना गरेको छ । विजी फुटसल कलंकीमा आयोजित दुई दिने सो प्रतियोगिताको उद्घाटन राप्रपा का केन्द्रीय सदस्य मनोज ढुङ्गेलले गर्नुभएको थियो ।
राप्रविसं हिकास्टका ईकाइ अध्यक्ष प्रगति गौतमको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष महेश बहादुर सिंह तथा अतिथीको रुपमा संगठनका उपाध्यक्ष शशि भण्डारी, महासचिव जनक फडेरा, प्रवक्ता छत्र खडायत लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । उक्त समारोहमा दर्जनौं विद्यार्थीहरु राप्रविसंमा प्रवेश गर्नुभएको थियो ।

विभिन्न शैक्षिक एवं रचनात्मक कार्यक्रमका सँगसँगै विद्यार्थीहरुको शारीरिक, मानसिक तन्दुरुस्ती तथा मनोवल वृद्धि गर्दै मनोरञ्जन समेतको लागि राप्रविसंले वर्षेनी विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

 

प्रतिक्रया दिनुहोस्