23 September 2019  |   सोमवार, अशोज ६, २०७६

गोरखामा १६ किलोग्राम सुनसहित एकजना पक्राउ

    | प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६  

गोरखा । गोरखामा लुकाइ राखेको अवस्थामा प्रहरीले १६ किलोग्राम सुन बरामद गरेको छ । जिल्लाको धार्चे गाउँपालिकाको खोर्लाबेसीस्थित ओढारमा लुकाइराखेको अवस्थामा प्रहरीले सुनसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा चुमनुब्री गाउँपालिका हुल्चुकका धनकमल गुरुङ रहेको प्रहरीले जनाएको छ । उनी स्थानीय ब्यापारी हुन । प्रहरीका अनुसार ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६     1:55:25 PM  |

प्रतिक्रया दिनुहोस्