23 September 2019  |   सोमवार, अशोज ६, २०७६

स्वतन्त्र नागरिक समाजले भन्यो- मङ्सिरसम्म राजसंस्था र हिन्दूराष्ट्र पूर्नस्थापना नभए सत्याग्रह बस्छौ !

    | प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६  

काठमाडौं । स्वतन्त्र नागरिक समाजले राजसंस्थासहित हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि सरकारलाई तीनमहिने अल्टिमेटम दिएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि समाजले आउदो मङ्सिरसम्म नेपाललाई हिन्दूराष्ट्र पूनस्र्थापना र राजसंस्थालाई भूमिका नदिईए ७२ घण्टे सत्याग्रहको सुरुवात गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय दलहरूको प्रवृत्तिका कारण नेपाल र नेपाली जनताको सार्बभौमसत्ता माथि बारम्बार प्रहार हुने क्रम चलिरहेको बताउदै मुलुकको शान्ति ,स्थिरता ,समृद्धि र विकासका लागि राजसस्थासहितको हिन्दुराष्ट्र अवको एकमात्र विकल्प भएको समाजले जनाएको छ । पत्रकार सम्मेलनमा समाजका संयोजक हेमविक्रम सिलवालले निषेधको राजनीतिले कसैलाई पनि सहजता नहुने भन्दै त्यसको अन्त हुन आवस्यक रहेको छ ,भन्नुभयो ।

उहाँले राजसस्था बिना हिन्दुराष्ट्रको कल्पना समेत गर्न नसकिने भन्दै सामाजिक सद्भाव,सामाजिक ,धार्मिक तथा सास्क्तितिक क्षेत्रको विकासका लागि पनि राजसस्थाको विकल्प अरुहुन नसक्ने बताउनुभयो ।

उहाले आफूहरुले २०७५ जेठ २५ गते सभामुखलाई हिन्दूराष्ट्र र राजसंस्था पूनस्र्थापनाको लागि ज्ञापन पत्र बुझाएको सुनाउँदै आउने मंसिरसम्म पनि माग सम्बोधन नभए ७२ घण्टे लामो सत्याग्रह गर्ने चेतावनी दिनुभयो । उहाले ‘देशको पहिचान हिन्दु अधिराज्य, राष्ट्रिय अखण्डता, स्वाधीनता, देशको धर्म, सँस्कृति, भेगीय, क्षेत्रिय, आधुनिकता र परम्परागत संयोजनले मात्र नेपालको सार्वभौम सत्ता सुरक्षित गर्ने गराउने काम नेपालको शाह वंशीय राजसंस्थाले गरिआएको दावी गर्नुभयो ।

प्रकाशित मितिः शुक्रबार, साउन १०, २०७६     6:39:08 PM  |

प्रतिक्रया दिनुहोस्