23 September 2019  |   सोमवार, अशोज ६, २०७६

राप्रपाको संगठन बिस्तार अभियान,सुरु हुदै ‘गाउँ फर्क’ अभियान

    | प्रकाशित मितिः सोमवार, साउन १३, २०७६  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यस वर्ष देशभर संगठन बिस्तारको अभियान थाल्ने भएको छ । मुलुकमा एक शक्तिशाली राष्ट्रवादी पार्टीको हिसाबमा आफुलाई उभ्याउन राप्रपाले यो अभियान थाल्ने बताएको हो ।

जसका लागि राप्रपाले यो वर्ष‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने जनाएको छ । सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशभर पार्टीको संगठन निर्माणका लागि तीन महिने ‘गाउँ फर्क’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीको आसन्न महाधिवेशनलाई समेत ध्यानमा राखेर देशभर पार्टीको संगठन निर्माणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए । बैठकले संगठन निर्माणका लागि यही साउन २४ र २५ गते काठमाडौंमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

कार्यक्रमबाट प्रशिक्षित भएका प्रशिक्षकहरुलाई जिल्ला स्तरीय र स्थानीय तह स्तरीय कार्यक्रममा प्रशिक्षकको रुपमा परिचालन गर्ने पार्टीको तयारी छ । आगामी पुस महिना भित्रसम्म संगठन निर्माण गरेपछि पार्टीको महाधिवेशनको तयारीको काममा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता पाठकले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी २०७७ साल जेठमा महाधिवेशन गर्ने तयारी छ ।

प्रकाशित मितिः सोमवार, साउन १३, २०७६     1:49:50 PM  |

प्रतिक्रया दिनुहोस्