23 September 2019  |   सोमवार, अशोज ६, २०७६

चिर्पटले हिर्काएर बुवाको हत्या !

    | प्रकाशित मितिः सोमवार, साउन १३, २०७६  

धनगढी। कैलालीमा एकजनाले आफ्नै बुबालाई काठको चिर्पटले हिर्काएर हत्या गरेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका ५, बर्बाटामा आइतबार राति चिर्पटले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बर्बाटाका ३० वर्र्षीय रामसिं कुमालले दाउराको चिर्पट प्रहार गरी आफ्नै बुवा ६० वर्षीय अम्मरसिं कुमालको हत्या गरेका हुन् ।

बुबाछोराबीच घरायसी विवाद भए पछि रामसिंले बुवा अम्मरसिंहलाई चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारवाट गम्भीर घाइते भएका अम्मरसिंलाई उपचारका लागि धनगढीस्थित सेती अस्पतालमा पुर्याइएको भएपनि उनको उपचारकै क्रममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताए ।

प्रहरीले चिर्पट प्रहार गरी फरार रहेको रामसिंलाई पक्राउ गरी अनुसन्धान गरिरहेको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए ।

प्रकाशित मितिः सोमवार, साउन १३, २०७६     5:52:17 PM  |

प्रतिक्रया दिनुहोस्