24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

नेपाल हिन्दुरास्ट्र र भारतको चासो !

    | प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६  


मनोज पराजुली
केहि दिनअघि विश्व हिन्दु महासंघ( Global Hindu Federation)को उच्चस्तरीय प्रतिनिधित्व मण्डलसहितको टोलि नेपाल आयो । नेपालमा राजसस्थासहित हिन्दु राष्ट्रको मुद्दामा चर्को बहस चलिरहेको बेला Global Hindu Federation मा आबद्ध प्रभुत्व व्यक्ति सम्मीलित टोलि नेपाल आउनुलाई धेरैले निकै महत्वका साथ लिए । त्यसैक्रमा यो टोलिले सोमबार मात्र प्रधानमन्त्री केपी ओलीसङ्ग सदभावपुर्ण भेटघाट समेत गर्यो । टोलिमा इन्डोनेसिया, मलेशिया, बेलायत र भारतका हिन्दुवादी प्रभुत्व व्यक्तिहरु सम्मीलित छ्न ,जसको नेतृत्व भने महासंघ का अध्यक्ष प्रदिप कुमार कुक्रेजाले गरेका थिए । प्रधानमन्त्री लाई भेट्न उनकै निवाश बालुवाटार पुगेको टोलिले नेपाललाई पुन: हिन्दुरास्ट्र बनाउनु पर्ने कुरामा जोड समेत दियो ।

पछिल्लो समय भारतिय नेताहरुले पनि हिजो-आज यस्तै आसयको कुरो गर्ने गरेको पाइदैछ। हिजो-अस्ति योगि आदित्यनाथले नेपाली पत्रकार हरुलाई दिएको अन्तर्वार्ता  मा पनि यसै प्रकारको अभिव्यक्ति छ-“नेपालीहरु तयार भएर बस्नु”। यी र यस्ता अभिव्यक्तिहरुले बिगत केही समय देखि चर्चाको बिषय बनेको छ नेपाललाई हिन्दुरास्ट्र बनाउने भारतको चासो। किन हुदैछन यस्ता बिषयमा अन्तरास्ट्रिय चासो र नेपाल प्रतिको आत्मियता?

यहाँनेर हामीले फेरि सोच्ने बेला आएको छ ,कि कतै फेरि अर्को धोका त हैन यो? किनकी नेपालमा अहिले एकातिर भारतिय RAW अनि अमेरिकी Indo-Pacific Soldiers को खुलेआम उपस्थिति देखिदैछ ।,अर्कोतर्फ भारतिय पक्ष बाट यी र यस्ता कुरा आउनु भनेको कतै Free Tibet Movement को डरलाग्दो षड्यन्त्रलाई ओझेलमा पार्न आज फेरि हिन्दुरास्ट्र को मुद्दालाई अगाडि ल्याइदै त छैन?  किन आज भारतका केही नेताहरु नेपाललाई हिन्दुरास्ट्र बनाउनु पर्छ भन्दैछन् ?

सोचनिय र मननिय कुरो के छ भने हिन्दुरास्ट्र र हिन्दुराज्यमा फरक छ। हामिले के खोजेको हो ? आफै बुझौ अनि मात्रै तर्क गरौ या भरोशा गरौ।

एकातिर नेपालका नेपाली वा हिन्दुवादी संघ- संगठन होस या राप्रपा कसैले पनि यो बिषयमा इमान्दार भएर लागेको देखिदैन्। राप्रपाले त विश्व कै उत्कृष्ट संविधान भनेर डलर बुझेको प्रमाणित भएको छ भने बिश्व हिन्दु महासंघले पनि चुनावमा भाग लिनु पर्ने र यो व्यवस्थालाई नै आत्मासाथ गर्नु पर्ने भन्दै उर्दि समेत जारी गरेको थियो। पछिल्लो समयमा जब जनताले लत्याई दिए अनि फेरि सुरु भयो यिनिहरुको द्वेध चरित्र। कहिले योगि आदित्यनाथ सङ्ग सेल्फी त कहिले भारत या विदेशीको बाट दाम बुझ्दै जनता बराल्ने काम मात्रै भयो ।

मिडियामा ताम झाम गर्ने र परिआउदा यहि गणतन्त्र र धर्मनिरिपेक्ष लाई समर्थन गर्दै फेरि भोट को राजनीति गर्नु बाहेक नेपालका हिन्दुवादी संघ संगठन या दल को अरु कुनै भुमिका देखिएको छैन। हिन्दु धर्म र संगठनको आडमा गाडी चड्नु, विदेश भ्रमणमा जानू या हिजोको दिनमा होस या भोलि, यदि राजसंस्था पुनर्स्थापना भएको खण्ड्मा, राजा र राजपरिवारको नजिक देखिनु र धाक लगाउनु मात्रै उद्देश्य देखिन्छ।

संविधानमा धर्मनिरिपेक्ष लेखिदा रातिराती दाम बुझेर चुइक्क नबोल्ने नपुंसकलिङ संगठन र तिन्का मतियारहरुलाई देश र धर्म को के परवाह गर्लान ?यिनिहरुलाई त जसरि पनि आफ्नो व्यक्तिगत स्वार्थ पुर्ती गर्नु छ। UPF सम्मेलन ताका चुइक्क नबोल्नेले आज फेरि  भारतले  बोल्दै गर्दा पनि वाक्य फुटेको छैन कुनै पनि हिन्दुवादी दोकान खोलेर बसेका अवसरवादी भड्वाहरुलाई। किनकी मौलिकता र नैतिकता सबै बेचेर खाई सकेका छन नेपालका हिन्दुवादी संगठनहरुले।

यदी नेपाल हिन्दुराज्य हुनुपर्छ भने त्यस्को निर्णय नेपालीले गर्ने कि विदेशीले? चाहे त्यो भारत होस या  विस्व का हिन्दु समुदाय? यो अर्को कुरो हो कि सौहार्द्ब र सदभाव सबैको जरुरी छ तर नेतृत्व र निर्णय त हामिले लिने होला नि न कि कसैले ल्याइदिएको भरमा कुर्सी तताउने?

सामाजिक संजालमा केही तर्क यस्ता पनि देखिए कि यदि छिमेकीको नाताले भारतले नेपाललाई हिन्दुरास्ट्र बनाइदिन्छ भने के फरक पर्यो त?

गज्जप लाग्यो! कस्तो तर्क हो यो?
यस्ले के दर्शाउछ भने हामी नेपालीको मानसिक्ता नै परनिर्भी भैसकेछ, सबै अरुले नै गरिदिनु पर्ने र हामिले कुर्सी र पद पाउनु पर्ने र नेपाल हिन्दुरास्ट्र भयो भनेर गर्व गर्नु पर्ने?

हाम्रो यहि सस्तो र लाचार मानसिकताको फाइदा उठाउदै छन
१) विदेशी शक्ति र विदेशी धर्मले
२) अवसरवादी र रास्ट्रघाती नेताहरुले
३) सिमित बौद्धिक र पत्रकार तथा तथाकथित धर्मका ठेकेदारले जस्को इमान भनेकै सम्पत्ती कमाउने हो।

माफी चाह्न्छु तर यस्ता तर्क मेरा लागि बकुम्फुसे हो। यस्तै धारणा बोक्ने भएकाले हामी पछि परेका हौ र विदेशी धर्म हावी भएको हो। हिजो राजा र धर्म फ्याल्न अहम भुमिका खेल्ने सङ्ग अहिले फेरि लुते कुक्कुर जस्तो आस गर्न हामिलाई सरम लाग्नु पर्ने हो। यदि सच्चा हिन्दु र नेपाली हौ भने सिधै क्रान्ती गर्न किन सकिन्दैन? आफू चै नगर्ने अनि अरुले गरिदिए बुर्कुसी मार्ने? त्यसैले मौलिक व्यवस्था र धर्म जोगाउन नेपालीले सक्दैन भने उपदेश दिएर सनातन हिन्दु धर्म नेपालमा जोगिदैन। न त कसैले ल्याइदिएको भरमा जोगिन्छ!

२०४६ सालको परिवर्तन होस या ०६२/०६३को परिवर्तन, मदन भण्डारी हत्याकाण्ड होस या दरवार हत्याकाण्ड; नेपालको संविधान होस कि संघियता, नेपालका यी सबै काण्डहरु बिदेशीले उनिहरुको स्वार्थपुर्ती को लागि रचेका थिए र नेपालका सत्ता र सम्पत्तीको लाल्सा बोकेकाहरु लाई प्रयोग गरेर कार्यान्वयन गराएका थिए। यो सबै नेपाली जनताले मौलिक हिसाबले गरेका थिएनन र यी सबैमा बिदेशी शक्तीको प्रत्यक्ष हात थियो भन्ने आज घाम जस्तै छर्लङ्ग छ; प्रमाणित छ।

मेरो व्यक्तिगत संका भनेको Free Tibet Movement लाई ओझेलमा पार्न आज फेरि हिन्दुरास्ट्र को मुद्दालाई अगाडि ल्याइदै छ किनकी United Peace Federation को सम्मेलन काठमाडौंमा हुँदा कुनै पनि अन्तरास्ट्रिय हिन्दुवादी संघ-संगठन होस या नेपालका हिन्दुवादी भनाउदा, राप्रपा र अरु धर्म का ठेकेदार तथा दोकान खोलेर बसेका कोहि पनि चुइक्क बोलेनन् बिरोध को कुरो त परै जाओस। होटल हायात र माइतिघर मण्डलामा केही फेसबूके धरपकड बाहेक।

यदि ९५% ॐकार भएको देशमा “होलिवाइन” को नाङ्गो नाच हुँदा पनि कुनै नेपाली हिन्दुको खुन उम्लिदैन भने सन्जालमा बकुम्फुसे उपदेश दिएर नहिडेकै बेस। र भारतले ल्याइदिन्छ भन्दा के बिग्रेको छ र भन्नू नपुंसक्ता बाहेक केही हैन किनकी विदेशिको भरमा भएका कुनै पनि परिवर्तन नेपालमा दिगो भएनन र हुदैनन पनि। यत्ती हो फेरि केही समूह र व्यक्ती को जिवनस्तर उक्सिने मात्रै हो। देश र धर्म को रक्षा कदापी हुदैन ।

यदि नेपालको सबै परिवर्तन विदेशीले नै गरिदिनु पर्ने हो भने स्वाभिमानको कुरै नगरेको बेस।८४%जनता को अभिमतलाई लत्याएर राता-रात पेन्सिलले थपेर धर्मनिरिपेक्षता लेखिन्छ भने त्यो संबिधानलाई उत्कृष्ट भनेर आफुलाई राजनैतिक दलको कमारा न बनाकै बेस।

यदि नेपाललाई सुसासित र धर्म सापेक्ष बनाउने आत र आट छ भने,यदि हामिले  हाम्रो मौलिक व्यवस्था चाहेको हो भने यदि भ्रष्ट र देशद्रोहि को तीन पुस्ताको सम्पत्ति रास्टृयकरण गर्दै यिन्लाई हदै सम्म को सजाय दिने हो भने यदि गुणस्तरीय शिक्षा, स्वास्थ र पानी चाहिने हो भने र स्वदेशमै रोजगार र बाटोघाटो चाहिने हो भने एउटा मौलिक क्रान्तिको बिकल्प छैन। प्रायोजित क्रान्तीले देशको ठुकुटी सिद्धियो, हाम्रो आउने पुस्ता टुहुरा मात्रै हुँदै छैनन धर्म र संस्कार समेत मासिदै छ।शिक्षा बेचिएको छ, धर्म को व्यापार हुदैछ।

त्यसैले एकचोटि नेपाली भएर सोचौं, बिदेशीको दास भैसकेको राजनैतिक दल को कार्यकर्ता भएर हैन किनकी सबै नेपालीको PR र GREEN CARD हुदैन र खाडीले धेरै थेग्दैन। नेपाल हिन्दुरास्ट्र हैन हिन्दुराज्य हुनुपर्छ नत्र नेपालीको पहिचान नै मासिएर जानेछ चाहे तपाईं जुनसुकै जात-जाती, समुदाय या धर्मको मान्छे नै किन नहुनुहोस आखिर हुन त नेपाली नै हो नि?

प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६     10:06:30 AM  |

प्रतिक्रया दिनुहोस्