23 September 2019  |   सोमवार, अशोज ६, २०७६

पर्यटनमन्त्रीमा योगेश भट्टराई, आजै ४ बजे शपथग्रहण हुने

    | प्रकाशित मितिः बुधबार, साउन १५, २०७६  

काठमाडौं । नेकपा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले दिएको जानकारी अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण बुधबार अपराह्न ४ बजे हुनेछ ।

गत फागुन १५ गते तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रालय सम्हाल्दै आएका थिए । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भट्टराई पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गते उपचारका लागि सिंगापुर जाने कार्यक्रम छ। प्रधानमन्त्रीले आफू उपचारका लागि विदेश जानुअघि नै मन्त्री नियुक्त गरेका हुन्।

प्रकाशित मितिः बुधबार, साउन १५, २०७६     3:17:40 PM  |

प्रतिक्रया दिनुहोस्