13 August 2019  |   मङ्लबार, साउन २८, २०७६

धनगढीमा नक्कली नोटसहित चौधरी पक्राउ

    | प्रकाशित मितिः बिहिबार, साउन १६, २०७६  

कैलाली । नक्कली नेपाली नोटसहित कैलालीमा एकजना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा कैलारी गाउँपालिका ५ बस्ने ३४ वर्षका छेदुराम डगौरा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित सेती अन्चल अस्पतालको फार्मेसीमा बाट एक हजारका १७ थान नक्कली नोट सटही गरि ५ सय दरका नोट लियर गएका थिए ।

तत्पश्चात उनलाई विषेश सुचानाको आधारमा थप एक हजारका ४ थान नक्कली नोट गरि करिब २१ हजार नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेको चौधरी माथी थप आवस्यक अनुसन्धान थालिएको छ ।

प्रकाशित मितिः बिहिबार, साउन १६, २०७६     9:17:02 PM  |

प्रतिक्रया दिनुहोस्