20 August 2019  |   मङ्लबार, भदौ ३, २०७६

कट्टर मुस्लिम देश पाकिस्तानका प्रधानमन्त्री इमरान खान जसको निर्देशनमा खुल्ला गरियो ७२ वर्षदेखि बन्द रहेको हिन्दु शिवालय

    | प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६  

काठमाडौं । कट्टर मुस्लिम देश पाकिस्तानमा ७२ वर्षदेखि बन्द रहेको हिन्दु शिवालय खुल्ला गरिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशनमा पाकिस्तानको पन्जाबस्थित सियालकोटमा रहेको पूरानो हिन्दू शिवालय खुल्ला गरिएको हो ।

यो हिन्दु शिवालय खुल्ला गरिएसङ्गै पाकिस्तानी प्रधानमन्त्री इम्रान खान हिन्दूप्रति लचक भएको तथा धार्मिक सहिष्णुताप्रति प्रतिबद्ध भएको विश्लेषण गरिएको छ ।

समाचारमा जनाइएअनुसार सियालकोटको यो हिन्दू मन्दिर करिव १ हजार बर्ष पुरानो भएको तथ्यहरु छन् । सरदार तेजा सिंहले निर्माण गरेका प्रशिद्ध हिन्दू सिवालय ७२ बर्षदेखि बन्द थियो । सन् १९४७ मा भारतबाट पाकिस्तान अलग भएपछि मन्दिर बन्द भएको थियो । भारतबाट पाकिस्तान छुट्टिदा बन्द भएको मन्दिर इमरानले खुल्ला गरिदिएका छन् ।

भारतको बाबरी मस्जिदमा सन् १९९२ मा आक्रमण भएपछि पाकिस्तानको यो शिवालय मन्दिरमा पनि क्षति पुर्याइएको थियो । त्यसपछि हिन्दूहरूलाई मन्दिरको प्रांगणमा जानबाट पनि बंचित गरिएको थियो ।

पाकिस्तानका एक हिन्दू व्यक्तिले भने, -मन्दिर खोल्ने प्रधानमन्त्रीको फैसलालाई निकै स्वागतयोग्य कदम भनेका छ्न । पाकिस्तानमा अल्पसंख्यक रहेका हिन्दूहरू प्रधानमन्त्री खानको यस्तो निर्णयले खुशी भएका छन् ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     10:04:13 AM  |

प्रतिक्रया दिनुहोस्