23 September 2019  |   सोमवार, अशोज ६, २०७६

राष्ट्र कल्याणका लागि इन्द्रजात्राको अवसरमा कुमारी पुजाको तयारी !

    | प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६  

काठमाडौ । इन्द्रजात्राको अवसरमा काठमाडौंको हनुमानढोका दरबार परिसरमा प्रत्येक वर्ष झै यसवर्ष पनि कुमारी पुजाको तयारी थालिएको छ । राष्ट्र कल्याणका लागि यहि भदौ २५ गते इन्द्रजात्रा (यें:न्या:पुन्हि) को पावन अवसरमा यसवर्ष १०औ ५०४ कन्या श्री कुमारी पुजा हुने भएको हो ।

कुमारी पुजा गराइ प्रसाद ग्रहण गर्नाले विभिन्न प्रकारका रोगव्याधीबाट बँच्न सकिने जनविश्वास रहेको छ । कुमारी पुजा गर्दा देशमा अनिष्ट नहुने, बालबालिका निरोगी हुने तथा जीवनमा वाधा अड्चन हट्ने विश्वास गरिन्छ । यहि कुरालाई मनन गरी युवा विश्व हिन्दु महासंघको आयोजनामा हनुमानढोका दरबार परिसरमा कुमारी पुजा हुँदै आएको छ ।

यसै क्रममा प्राचिनराजदरबार परिसर हनुमानढोका मा प्रत्येक बर्ष झै यस पटक पनि यसको तयारी तिव्र पारिएको महासंघले जनाएको छ ।

नेवार समुदायमा कुमारीलाई रक्षक एवं शुभ लक्षणको प्रतिकका रुपमा पुजिन्छ । इहि अर्थात बेलविवाह नगरेकी कन्या केटीलाई कुमारीको रुपमा पुज्ने चलन नेवार समुदायमा प्राचिनकालदेखि नै चल्दै आइरहेको छ । कन्या कुमारी पुजा गराई प्रसाद ग्रहण गर्दा विभिन्न प्रकारका रोगव्याधी निर्मुल हुने जनविश्वास छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     12:51:34 PM  |

प्रतिक्रया दिनुहोस्