24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

नेपाललाई अफगानिस्तानको हालतमा पुर्यायर चाइना टुक्राउने पश्चिमाको खेल !

    | प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६  

मनोज पराजुली
विश्वमा राज गर्ने बेलायत साम्राज्य दोश्रो विश्व युद्धपछि  कमजोर भयो। फलस्वरूप उसको दवदवा विस्तारै कमजोर हुँदै गयो । आधुनिक युगको आगमन संगै दुइवटा विशाल राष्ट्र अमेरिका र रसियाले विश्वमाथि कब्जा जमाउदै गए । शक्ति र अप्रत्यक्ष सत्ता कब्जाको रणनीति सुरु भयो । अमेरिकासँग हतियारको उत्पादनको श्रोत थियो भने, रसियासँग तेल थियो । यी दुवै राष्ट्र शक्ति को होडमा एक अर्कालाई उछिन्न विभिन्न अबिष्कार र प्रयोग गर्न कस्सिए ।

यसै बिचमा अमेरिकाले रसियालाई कमजोर पार्न अफगानिस्तानको भुमी प्रयोग गर्‍यो ।,र रसियालाई टुक्राटुक्रा बनाइ दियो । त्यसपछि अमेरिका विश्वमा एक छत्र राज चलाऊन थाल्यो । अर्को हिसाबले रसियाको तेलको एक छत्र राजलाई तहस नहस पारिदियो ।
तर समय र परिस्थिती एक नाश रहेन !

एसियामा भारत, ईरान, ईराक र चाइना शक्तिशाली राष्ट्रको होडमा आउन थाले । इराक तेल र ग्यासमा धनी भएको हुनाले इराकलाई कमजोर बनाउन र आफुलाई तेल र ग्यासको लागि आत्मानिर्भर बनाउन कुवेतलाई प्रयोग गरेर इराक युद्ध गरायो । आज ईराकको ४५% तेल र ग्यासमा अमेरिकाको आफ्नो बर्चस्व छ् । अर्कोतिर युरेनियमको लागि ईरानलाई इजरायलको खतरा देखाउदै प्रोपोगाण्डामा फसाइ राखेको छ। मध्य पूर्वका युएई (दुबई) ,कतार, बहराइन, साउदी अरेबियामा आफ्नो सिधा अस्तित्व बनाउन सफल भएको छ। तर साउदी अरेबियालाई यमनसँग गृह युद्धमा धकेलेर साउदीलाई पनि अहिले कमजोर बनाउने रणनिती चलाऊदै छ ।  किनकी रसिया भन्दा दोश्रो ठुलो तेलको उत्पादक राष्ट्र भनेकै साउदी अरब हो।

एसियामा भारत र चीन:
भारत आँफै शक्तिशाली राष्ट्रको होडमा आउन थालेको करिब २ दशक हुँदैछ । तर कश्मिरको मुद्दामा अड्काएर अमेरिकाले पाकिस्तानलाई पैसा र हतियारले खुला रुपले सहयोग गर्दै आएको कसैसँग लुकेको छैन। तर पनि भारत हारेन ! अपितु भारतको जनसंख्या अत्याधिक बढेर चीनभन्दा दोश्रो ठुलो हुन पुग्यो ।  ह्वात्तै बढेको सुचना प्राविधिको विकाससँगै ब्यापार-व्यवसाय, उद्योगधन्दा र निर्यात बढ्दै गयो । बहु-राष्ट्रिय कम्पनी लाई भित्र्याउन सफल भयो ।, र देशले पनि कोल्टे फेर्दै गयो । र उ पनि शक्तिशाली राष्ट्रहरु मध्य आफुलाई उभ्याउन सक्षम हुँदै गयो। यस् बिचमा उसले रसियासँग अत्याधुनिक हात-हतियार खरिद गर्नुदेखि विभिन्न परमाणु अस्त्रको सफल परिक्षण, सेटेलाइट, फाइटर जेट, लगायत अन्य धेरै शक्ति सन्चय गर्दै आफुलाई आणविक शक्तिमा पनि शक्तिशाली हुँदै गरेको प्रमाण देखाउन सक्षम भयो। तर यो संगसंगै भारतलाई अर्को चुनौती र डर तथा अहमले ग्रस्त पार्दै गयो। चिनले विश्वब्यापी रुपमा आफ्नो व्यापारिक बाहुल्यता बडाउदै गैरहेको थियो। जसको सिधै प्रभाव उसको आफ्नो आन्तरिक व्यापारमा समेत नराम्रो प्रभाव पार्न थाल्यो।

भारतको ४०% आन्तरिक ब्यापारमा चिनले ओगटी सकेको थियो, र यसको सिधै प्रभाव अब उसको आय श्रोत र बड्दो शक्तिको लागि घातक हुने स्थिती सृजना हुँदै गयो। अझ चाइनाले आफुले निर्माण गरेको अत्याधुनिक हात हतियारको प्रदर्शन समेत गराइदियो र संसारलाई आफु पनि उत्तिकै शक्तिशाली छु भन्ने देखाइदियो ।

तर यि दुई राष्ट्रको प्रगतिमा सबै भन्दा ठुलो पीडा भने अमेरिकालाई परेको थियो। त्यसैले उसले चीन विरुद्ध भारतलाई प्रयोग गर्ने प्रपञ्च रच्यो। चाइनाको प्रगति र हस्तक्षेपले भारतलाई प्रत्यक्ष असर परेको थियो। ब्रम्हपुत्र नदीमा चाइनाले भारतलाई आफ्नो एक्लौटी हक जमाउन नदिनु, पाकिस्तान संग  मैत्री र सहयोगी हुनुले भारतले पनि अमेरिकालाई मन खोलेर साथ दिन स्विकार गर्‍यो। र अब भारत,अमेरिका र यूरोप चीनलाई कम्जोर बनाउने षड्यन्त्रमा लागे । यसै अनुरुप अमेरिका र भारतको सामिप्य बढ्दै गयो ।

रसियालाई धरासायी बनाउन अफगानिस्तानको भुमी प्रयोग गर्न सजिलो थिएन ,किनकी त्यहा राजतन्त्र थियो ।,र त्यहाका राजा जाहिर खानलाई ७० को दशकमा अपदस्त गराइ गणतन्त्र घोषणा गराईयो । र अमेरिकाले आफ्नो फौज ल्याएर रसिया माथि आक्रमण गर्‍यो भने यसैगरी इराकलाई ध्वस्त पार्न सद्दाम हुसैन लाई अपदस्त गरायियो र तेल जती आफ्नो कब्जामा लियो ।

नेपाल, भारत र चिन:
राणा शासनको पत्तन संगै नेपालमा फेरी शाह बंशको पुनरागमन भयो । विभिन्न ऐतिहासीक घटनाका बावजुत न त राजा त्रिभुवन,न त राजा महेन्द्रले भारतको प्रत्यक्ष हस्तक्षेप स्विकार गरे ।  किनकी भारतको गिद्दे दृष्‍टि नेपालको पानी, जडिबुटी र प्राकृतिक श्रोत माथि मात्रै थियो । अर्कोतिर नेपाललाई एक स्वतन्त्र र सार्बभौम राष्ट्रको रुपमा भारत देख्न चाहदैन्थ्यो ।

नेपाललाई कुनै न कुनै माध्यमबाट आफ्नो अधिकार क्षेत्र भित्र राख्न चाहन्थ्यो भारत । जुनकुरा राजाहरुले बुझी सकेका थिए । तै पनि वीपी  र मातृका कोइराला लाई प्रयोग गर्न भरसक कोसिस नगरेको भने होइन भारतले । त्यही मनसाय बुझेर राजा महेन्द्रले “कु” गरेका थिए। त्यसैले भारत सुरु देखि नै नेपालमा राजसंस्थाको पक्षमा थिएन । अझ राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्तावले भारत आफ्नो योजनामा सफल नहुने जस्तो देखेर अझै धेरै छटपटाएर विभिन्न प्रपञ्च रच्दै, विभिन्न समयमा नेपालमा क्रान्ति गराएको कुरा प्रष्ट छ ।

२०४६ सालको आन्दोलन भारतको प्रत्यक्ष निर्देशनमा भएको थियो ।,किनकी केहि  समय अगाडि भारतले नाकाबन्दी समेत लगाइ सकेको थियो। उसको एक मात्रै स्वार्थ भनेको जसरी हुन्छ नेपालको प्राकृतिक श्रोत, वैदेशिक नीति, सैन्यशक्ति र आफ्नो अधिकार जमाउनु थियो। तर राजा वीरेन्द्र दुरदर्शी भएकै हुनाले भारतको यो स्वार्थ पुरा हुन सकेन।

०४६ सालको आन्दोलन सफल त भयो,र धेर थोर स्रोत भारतले आफ्नो कब्जामा लिन सफल समेत भयो । ,तर अब उस्लाई चाइना सँगको प्रतिस्पर्धाको लागि राजसंस्था बाधक भयो । किनकी राजा वीरेन्द्र चाइनालाई अभिन्न मित्रवत व्यवहार गरेकाले भारत ससंकित मात्रै बनेन, आफुलाई असुरक्षित समेत महसुस गर्न थाल्यो । त्यसैले उसले नेपाललाई अस्तब्यस्त बनाउन माओवादी र जनयुद्को अर्को चाल चल्यो। संसारले “आतंकवादी” भनेर चिनिएको माओवादीलाई हतियार, भारतमा सुरक्षा, पैसा दिएर समर्थन गर्ने र अर्कोतिर राजा वीरेन्द्रलाई  नाइट भिजन हेलिकप्टर दिने र माओवादीलाई सिद्ध्याउने प्रस्ताव गर्‍यो ।, तर राजा वीरेन्द्रले फेरी आफ्ना जनता मार्न चाहेनन।

यो बेलासम्ममा भारत र पश्चिमा शक्ति एक भइसकेका थिए । पश्चिमाहरुको दुइवटा स्वार्थ थियो, एक त नेपाललाई अस्तब्यस्त पारेर चिनलाई टुक्र्याउने आधार बनाउनु र अर्को इसाइ धर्मको प्रचार गराउदै इसाइहरुको संख्या बडाउनु।

भारत पश्चिमाको साथ दिन मजबूर थियो, किनकी उसको स्वार्थ भनेको एसियामै शक्तिशाली हुनु थियो ।, र चाइनालाई जसोतसो गरी कम्जोर पार्नु अनि नेपालको श्रोत साधन आफ्नो कब्जामा लिनु थियो । जबकी त्योबेला चाइनाले माओवादीलाई प्रत्यक्ष या अप्रत्यक्ष साथ र सहयोग गरेको थिएन । किनकी चाइना राजसंस्थाको पक्षमा थियो । नेपालको पक्षमा थियो।

राजा वीरेन्द्रबाट आफ्नो स्वार्थ पुरा न हुने देखेपछि  CIA, MI6, RAW लगायत अन्य शक्तिशाली एजेन्सीहरुले नेपालका सबै राजनैतीक दलका नेता, विद्यार्थी नेता, मजदूर संगठन, अधिकारवादी (महिला, मानवअधिकार), धार्मिक संघ-संगठन, सामाजिक कार्यकर्ता, उच्च निकायका कर्मचारी (सेना, प्रहरी, निजामती), बौद्धिक वर्ग, पत्रकार लगायत सभ्रान्तहरुलाई समेत खरिद गरिसकेको थियो । र संसार नै हल्लिने ‘राज वीरेन्द्रको बंश नै नाश गर्ने दरबार हत्याकाण्ड’ मच्चाइयो र दोष जती राजा वीरेन्द्रको भाई ज्ञानेन्द्रमाथि थोपरियो। यस्तो विकराल स्थितीमा राजा ज्ञानेन्द्रलाई देश चलाऊन जे जस्ता ले साथ दिए, उनिहरु या त समय अनुसार चल्न सकेनन,या उनिहरु धेरैलाई किनियो र राजनैतीक अस्थिरताको बातावरण सृजना गराईयो ।

राजा ज्ञानेन्द्रको चाइना प्रतिको झुकाव पनि कुनै बदनियत नभएर आफ्नो देशको रक्षा गर्नु मात्रै थियो । उनलाई भारत र पश्चिमाहरुको योजनाको भनक लागि सकेको थियो । त्यसैले, राजाप्रति जनताको भरोसा टुटोस भनेर अन्तिममा ०६२ ०६३ को जन-आन्दोलन-२ गराउने योजनाबद्द षडयन्त्र गरियो ।

यदि राजा ज्ञानेन्द्रले आफ्नो दाजुको बंश नाश गरेका थिए भने, २१ जना जनता राज्य पक्षबाट मारिएको थाहा पाउने बित्तिकै कसरी राजगद्दी छोड्न तयार भए ? आज बुझ्दा त्यो पनि कमल थापा र सेनाका हुक्केहरुले राजालाई गुमराहमा राखेको भएर यती जनता मरेका हुन भन्ने बुझियो । नत्र यदी हामीले सोचेको सही थियो भने त राजाले बिसौ हजार जनता मर्दा पनि गद्दी छोडन नपर्ने थियो। किनकी राजालाई भारतको साथ थिएन भने पनि चाइनाको साथ त थियो।

तर राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई भनी राजगद्दी जनतालाई नै सुम्पिदिए ।, त्यसैले नेपालमा पनि राजसंस्थाको अन्त्य गर्नुमा अमेरिका र पश्चिमेली राष्ट्रहरुको प्रत्यक्ष हात छ । जसमा भारतले खुला हृदयले साथ दिएको छ। ,किनकी भारतको उद्देश्य र स्वार्थ नेपालमा राजसंस्था रहुन्जेल पुरा भएन । आज देशको श्रोत साधन, अधिकार र सार्बभौम नै गरिव छ ।

र यो कुरो आज आएर, तिनै कम्युनिस्ट नेता मोहन वैद्य , सिपि गजुरेल, चित्र बहादुर केसि लगायत काङ्ग्रेसका नेताले पनि वीपीको सिद्धान्त छोडियो भनेर खुलेआम भन्न् थालेका छन । त्यसैले, यो दरबार हत्याकाण्ड देख्नेले जस्तो देखे पनि वास्तवमा चाइना टुक्र्याउने र अमेरिका विश्वमा राज गर्ने कडी हो । र यसको लागि उसले भारतलाई प्रयोग गरेको थियो ।

प्रजातन्त्रको नाममा राजतन्त्र फ्याक्न पश्चिमाहरुले जनतालाई उकासे, पैसा र हतियारले पूर्ण रुपमा साथ दिए । विद्रोह गराए र अन्ततः राजतन्त्र  फालियो। जसरी आज अफगानिस्तान जातिय द्वन्द र विदेशीको भरोशामा बाँच्न वाध्य छ, गरीबीमा बाँच्न वाध्य छ । हामी पनि केही समय पछि  उनिहरुको भन्दा बद्तर जीवन जिउन वाध्य हुने छौ । नेपालको भुमी प्रयोग गरेर तिब्बतलाई हात लिदै चाइनामा धावा बोल्ने भयंकर योजना पश्चिमाको छ । यो कुनै संयोग मात्रै होइन अर्कोतिर अफगानिस्तान को धर्ती प्रयोग गरेर रसिया टुक्र्याइयो त्यसै गरी अब नेपालको धर्ती प्रयोग गरेर चाइना टुक्र्याउने खेल हुँदैछ ।

यसर्थ, कुनै पनि राजनैतीक दलको पक्षमा उभिएर या मेरो सिद्धान्त भनेर आफुलाई भ्रममा पार्नु भन्दा वास्तविक्ता बुझौ,र  देशको लागि सोचौ । यदि अझै पनि ज्ञानेन्द्र शाह नै दोषी हुन भन्ने लाग्छ भने, मदन भण्डारी र जीवराज आश्रितको हत्यारा को हुन त? किनकी मदन भण्डारी पनि राजसंस्था मासेर देश चलाउने पक्षमा थिएनन् ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     3:59:49 PM  |

प्रतिक्रया दिनुहोस्