23 September 2019  |   सोमवार, अशोज ६, २०७६

संसदबाट फिर्ता लिएको गुठी विधेयक पुनः अघि बढाउदै सरकार,के गर्लान् गुठियारहरु ?

    | प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६  

काठमाडौं । सरकारले फिर्ता लिएको गुठी विधेयकको मुद्दा  पुनः विउतिने भएको छ । गुठी सस्स्थानको चल अचल सम्पती मास्ने गरि सरकारले गूठी विधेयक ल्याएको भन्दै यसको खारेजीको मागसहित आन्दोलन जारी रहेकोे बेला सरकारले पुनः यो विधेयक पारित गर्ने तयारी गरेको रहस्य खुलेको हो ।

सरोकारवालाको चौतर्फी विरोधपछि संसदबाट फिर्ता लिएको गुठी विधेयक सरकारले पुनः अघि सार्ने तयारी भैरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताइन् । उनले अबको केही दिनमा सरकारले फेरि गुठी विधेयक ल्याउने तयारी गरिरहेको खुलासा गरेकी हुन ।

शुक्रबार गृहजिल्ला स्याङजामा आयोजित कार्यक्रममा मन्त्री अर्यालले अबको २÷४ दिनभित्रै गुठी विधेयक ल्याउने बताइएकि हुन । यद्यपि पहिलाको विधेयकमा केही संशोधन र हेरफेर हुने उनको भनाइ छ । उनले यसअघि विधेयकै नपढी विरोध भएको जिकिर गरिन् ।

विभिन्न गलत तत्वहरुले धर्मका नाममा जनभावनासँग खेलेर गुठी विधेयकको विरोधमा जनसमर्थन रहेको जस्तो देखाएको दाबी उनले गरिन् । ‘केही तत्वले धर्मका नाममा जनभावना भड्काउने काम गरेको आरोप समेत लगाइन ।

गुठी विधेयक खारेजीको मागसहित राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति,विभिन्न धार्मिक संघसस्थाहरु आन्दोलित बनिरहेको बेला सरकारले यो विधेयक पुन परिमार्जन गरि पारित गर्न लागेको छ ।

यता सरकारले गुठीका चलअचल सम्पत्ति र त्यसको कारोबारको विवरण पनि उपलब्ध गराउनुपर्ने समेत माग उठिरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन १७, २०७६     8:45:28 PM  |

प्रतिक्रया दिनुहोस्