23 September 2019  |   सोमवार, अशोज ६, २०७६

आज नाग देवताको पूजा अर्चना गरि नाग पञ्चमी मनाइदै

    | प्रकाशित मितिः सोमवार, साउन २०, २०७६  

काठमाडौं । आज श्रावण शुक्ल पक्षको पंचमी तिथि आजका दिन नाग देवताको पूजा अर्चना गरि मनाइदै छ । नाग अकिंत चित्र र डोराहरु लिएर ब्राहमण पुरोहितहरु आआप्नो जजमानको घरको दैलामा गाइको गोबर, दूबो र डोरो लिएर नाग टाँस्ने गर्दछन ।

जसपाफत पुरोहितहरुले आआप्नो क्षमता अनुसार जजमानलाइ दक्षिणा र भोज गराउने प्रचलन छ । यसरी दैलो वा घरको मूल खम्बामा टासिने नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ ।

बैधिक दर्शनमा १२ वटा नागहरुको उपस्थिती पाइन्छ जसमा अनन्त, वासुकी, शेष, पद्म, कम्बला, कारकोटा, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका, र पिङगला आदीका आजकै दिन पूजा गर्ने गरिन्छ । सर्पलाइ भगवान शंकरको गहनाका रुपमा पनि लिने गरिन्छ ।

पश्चिम नेपालमा नाग पञ्चमीको पहिलो दिन ब्राह्मणले कागजमा विभिन्न नागहरू नागहरूका चित्र हातले अथवा छाप ९स्टैम्प०मा छापेर यजमानका घर घरमा बाँड्दछन्। यसरी नागका चित्र बनाएको कागजमा चन्द्र, सूर्य, शङ्ख, चक्र, गदा, पद्म, माछा र बिछ्छीका चित्र पनि समावेस हुन्छन्।

साथै नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ। यदी ब्रामणले नाग न ल्याएमा आफैले बनाउने गर्छन् आफुले बनाउन जान्दैन भने अरू सँग बनाई माग्छन्। भोली पल्ट अथवा नाग पञ्चमीका दिन नागको पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ। नाग टाँसेर नागको प्राथना गर्ने गर्ने गरिन्छ ।

यस्तो छ नागमन्त्र

अनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम् |
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ||
एतानि नवनामानी नगनां च महत्मनाम् ।
सायंकाले पठेन्नित्यं प्रात:काले विशेषत: ।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत् ।।

किन मनाइन्छ नाग पञ्चमी ?

१)  काठमाडौँ उपत्यका पहिले एउटा तलाउ थियो । उक्त तलाउको नाम टेथिस सगर थियो । त्यस सागरको पनि बाहिर निकाले र मान्छे बस्न योग्य बनाएपछि  सम्पूर्ण नाग समाज रिसाए । उनीहरुलाई शान्त पर्न ठाउँ ठाउँमा नागको स्थानहरु बनियो र पुजा गर्न थालियो भन्ने जना बिस्वास पनि छ ।

२) कृष्ण भगवानले श्रावण शुक्ल पंचमीका दिन काली नाग माथि बिजय प्राप्त गरेर त्यस नागलाई शान्त गरेको उपलक्ष्यमा नाग पंचमी खुसियाली मनाउने चलन भंएको पनि मानिन्छ ।

३) भनिन्छ कस्यप ऋषिका १३ पतिहरु मध्ये कद्रूले ८ नागहरुलाई जन्म दिईन । ति नागहरु पातालका शासक भए । यी नागहरु धेरै शक्तिशाली र भयानक मानिन्छ । यिनको पुजा गर्नाले यी नाघरु शान्त रहने विश्वास गरिन्छ । यिनै ८ नागका नामहरु लेखेर ढोकामा टास्ने गरिन्छ ।

४) नागलाइ वर्षाको श्रोत पनि मानिन्छ । नाग रिसाएमा पानी नपर्ने र पानी नपरे खेतिबाली गर्न गार्हो हुने हुनाले पनि नागको पूजा आवस्यक मानिन्छ ।

५) बर्षात र गर्मी मौसममा सर्पको डर हुने भएकाले पनि यिनीहरुबाट सतर्क रहन र यिनीहरुलाई सन्तुष्ट पार्न नाग पुजा गर्ने भन्न चलन पनि रही आएको छ ।

प्रकाशित मितिः सोमवार, साउन २०, २०७६     5:14:26 AM  |

प्रतिक्रया दिनुहोस्