23 September 2019  |   सोमवार, अशोज ६, २०७६

राप्रपा (सयुक्त)ले भन्यो: प्रचण्ड जि यो देश कसैको पेवा होइन,बोल्दा होस पुर्याउनु होला !

    | प्रकाशित मितिः सोमवार, साउन २०, २०७६  

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट लखेट्ने नेकपा अध्यक्ष पुष्प कमल दाहालको अभिव्यक्ति प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त)ले कडा रूपमा प्रतिवाद गरेको छ । रामेछापमा आयोजित एक कार्यक्रममा आइतबार नेकपा अध्यक्ष प्रचण्डले गणतन्त्र विरुद्ध पछिल्लो समय राजावादीहरुको चुरीफुरी बढी भएको भन्दै पुर्वराजा शाहलाई नागार्जुन बाट समेत निकाल्ने चेतावनीसहितको अभिव्यक्ति दिएका थिए ।

राजसस्थाको वकालत गर्नेहरुलाई समेत दलालको संज्ञा दिएका प्रचण्डको अभिव्यक्तिको अहिले देशभर आलोचना भैरहेको छ । यसैक्रममा राप्रपा (सयुक्त) ले सोमबार प्रेस बक्तब्य जारी गर्दै प्रचण्डको यो अभिव्यक्तिलाई गैरजिम्मेवार र दुर्भाग्यको संज्ञा दिएको छ ।

राप्रपा (सयुक्त) का पार्टी प्रवक्ता जनक राज पाठक द्वारा हस्ताक्षरीत बिज्ञप्तिमा भनिएको छ “यो देश कसैको पेवा होइन,उहाँसङ्ग विचार नमिल्ने र लुटतन्त्रको विरोध गर्नेजती उहाँका दास र रैती होइन्न भन्ने हेक्का राख्न जरुरी छ” ।

प्रकाशित मितिः सोमवार, साउन २०, २०७६     5:01:03 PM  |

प्रतिक्रया दिनुहोस्