पूर्वयुवराज्ञी हिमानी शाहद्वारा पशुपतिमा दर्शन,छोरी पूर्णिका र छोरा हृदयन्द्र पनि साथमै

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले आज बिहान पशुपतिनाथको दर्शन गरेकी छिन् । उनले साउने सोमबारको अवसर पारेर पशुपतिनाथको दर्शन गरेकी हुन् ।

छोरी पूर्णिका र छोरा हृदयन्द्रकासाथ उनी पशुपति पुगेकी थिइन् । सो क्रममा हिमानीले करिव बीस मिनेट मन्दिरभित्र पूजा आराधना गरेकी थिइन् ।

सो क्रममा पूर्व युवराज्ञी शाहले छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित भक्तजनसँग फोटो खिचाएकी थिइन ।

प्रतिक्रया दिनुहोस्