18 August 2019  |   आइतवार, भदौ १, २०७६

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि, ग्यासको मूल्य घट्यो !

    | प्रकाशित मितिः बुधबार, साउन २२, २०७६  

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मंगलबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५० पैसा मूल्य बढाएको छ । नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९७ रुपैयाँ कायम छ ।

तर, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँले घटेको छ । नयाँ मूल्यअनुसार एलपी ग्यासको अब १ हजार ३७५ रुपैयाँ पर्नेछ ।

प्रकाशित मितिः बुधबार, साउन २२, २०७६     12:46:33 AM  |

प्रतिक्रया दिनुहोस्