14 August 2019  |   बुधबार, साउन २९, २०७६

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार थाइल्याण्ड जाँदै,दशैँको केही दिनअघि मात्र नेपाल फर्किने

    | प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६  

काठमाडौं । पछिल्लो समय मुलुकमा राजसस्था पुनर्स्थापनाको चर्को आवाज उठिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार थाइल्याण्ड जानुहुने भएको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आउनुभएका शाह निजी सचिव सागर तिमल्सिनाका साथ थाइल्याण्डको बैङ्कक जान लाग्नुभएको हो ।
पुर्वराजा शाह थाइल्यान्ड पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने हुनुभएको जनाएको छ । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड जानुभएको छ । अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गर्नुभएको छ ।

पुर्वराजा शाहको थाइल्यान्ड भ्रमण नितान्त पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा राजावादीले राजा फर्कने दावी गरिरहेका बेला उहाँको  थाइल्याण्ड भ्रमणले तरंग पैदा गरिदिएको छ ।

दरबार निकट स्रोतले दिएको जानकारी अनुसार पुर्वराजा  दशैँको केही दिनअघि मात्र नेपाल फर्किने जनाइएको छ । करिब तीन साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लाग्नुभएका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गर्नुभएको छ ।

प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६     10:49:30 AM  |

प्रतिक्रया दिनुहोस्