भैरहवामा धार्मिक एकतासहितको र्याली,बुद्धका मूर्ति तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै प्रशासनमा बुझाइयो ज्ञापनपत्र !

काठमाडौ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्ग आसपास राखिएका बुद्धका मूर्ति तोडफोड गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दै भैरहवामा विरोध पर्दशन गरिएको छ ।

शिव सेना नेपाल रुपन्देही ,हिन्दु धर्म संरक्षण समिति रुपन्देही , वैदिक धर्म परिषद रुपन्देही सहित ९० वटा धार्मिक संघ संगठनहरुको संयुक्त आयोजनामा धार्मिक स्वतन्त्रताको माग र बुद्दको मुर्ति तोडफोडमा संलग्न व्यक्ति ,समुहको पहिचान गरि कार्बाही गर्न माग गरिएको छ । भैरहवा बुद्धचौक बाट सुरु भएको र्याली  मुख्य बजार हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति तोडफोड भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै हालसम्म पनि तोडफोडमा संलग्नको प्रहरी प्रशासनले पहिचान गर्न नसकेको भन्दै यश घटना प्रती गम्भीर भैइ छानबिन गरि दोषीलाई कार्बाहीको माग गर्न जिल्ला प्रशासनमा ज्ञापनपत्र समेत बुझाएको छ ।

‘विश्वमा शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरूलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको भन्दै विरोध र्यालीसहित ज्ञापनपत्र बुझाइएको शिव सेना नेपालले जनाएको छ ।

प्रतिक्रया दिनुहोस्