23 September 2019  |   सोमवार, अशोज ६, २०७६

आज २५औं विश्व आदिवासी जनजाति दिवस मनाइदै

    | प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६  

काठमाडौं ।आज २५औं विश्व आदिवासी जनजाति दिवस  विभिन्न कार्यक्रममा साथ मनाइदै छ । संयुक्त राष्ट्रसंघको आब्हानमा अगष्ट नौ मा यो दिवस मनाउने गरिन्छ । यो बर्ष राष्ट्रसंघले दिवसका लागि ‘आदिवासीका भाषा’ नारा तय गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघले भने आन्दोलनको रुपमा दिवस मनाउने तयारी गरेको छ । दिवसमा अवसरमा आज काठमाडौंको भृृकुटीमण्डपदेखि माइतीघर मण्डलासम्म र्‍यालीको आयोजना गरिएको छ ।

लोकसेवा आयोगले निजामति कर्मचारी भर्नामा समावेशी ब्यवहार नदेखाएको भन्दै आदिवासी जनजातिहरु आन्दोलित छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वका ९० वटा देशमा तीन अर्ब ७० करोड आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरूका सात हजारभन्दा बढी भाषा र पाँच हजार फरक संस्कृति छन् । दुई हजार अठसठ्ठी सालको जनगणना अनुसार नेपालमा आदिवासी जनजातिको जनसंख्या ९४ लाख ८७ हजार रहेको छ ।

 

प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     10:00:47 AM  |

प्रतिक्रया दिनुहोस्