14 October 2019  |   सोमवार, अशोज २७, २०७६

नेपालगञ्जमा फर्निचर पसलमा भिषण आगलागी,१३ वटा पसल नष्ट,तीन करोड बढीको क्षति !

    | प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६  

नेपालगञ्ज । बाकेको नेपालगञ्जस्थित बिपीचोकमा रहेका फर्निचर उद्योगहरुमा गएराति भीषण आगलागी भएको छ । प्रहरीका अनुसार गएराती एघार बजेतिर लागेको आगो आज बिहान चारबजेतिर मात्रै नियन्त्रणमा आएको छ ।

आगलागीमा परेर १२ वटा फर्निचर पसलसहित १३ वटा पसल नष्ट भएका छन् । नेपालगन्जको सुर्खेतरोडस्थित बिपिचौकदेखि उत्तरपूर्वीलाईनमा रहेका फर्निचर पसलहरुमा विद्युत सर्टसर्किट भएर आगलागी भएको हो ।लड्डन गुड्डुले सञ्चालन गरेको न्यू एवान फर्निचर पसलबाट सुरु भएको आगोले आसपासमा रहेका अन्य १२ वटा फनिर्चर पसल र १ डेन्टल ल्याव जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।

स्थानीय,प्रहरी, सेना र दमकलको सहायतामा करिव पाँच घन्टामा आगो नियन्त्रणमा आएको हो । स्थानीय ए वान फर्निचर उद्योगवाट शुरु भएको आगोले सो स्थानमा रहेका आठवटा फर्निचर उद्योगमा क्षति पु¥याएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट तीन करोडभन्दा बढीको क्षतिको अनुमान गरिएको छ । एउटा फर्निचर उद्योगमा तीनदेखि पचास लाखसम्मको सामाज जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     10:07:05 AM  |

प्रतिक्रया दिनुहोस्