24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

छिट्टै नेपाल फर्किन्छु भन्दै थाइल्यान्ड प्रस्थान गरे पूर्व राजा ज्ञानेन्द्र शाह

    | प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६  

काठमाडौं । पछिल्लो समय मुलुकमा राजसस्था पुनर्स्थापनाको माहोल चर्किरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार दिउँसो थाइ एयरको विमान चढी उहाँ थाइल्याण्डको बैङ्कक प्रस्थान गर्नुभएको हो ।

सो क्रममा उहाँका समर्थकले विमानस्थलमा भव्य स्वागत समेत गरेका थिए । शाह थाइल्यान्ड पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने दरबार स्रोतले जनायो ।

पूर्वयुवराज्ञी हिमानी शाह बुधबार छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड पुगिसकेका छ्न । अधिकांस भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गर्नुभएको छ ।

पुर्वराजा शाहको थाइल्यान्ड भ्रमण नितान्त पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । शाह दशै अघि नेपाल फर्किने वा नफर्किने अहिले केही भन्न नसकिने दरबार निकट स्रोतले बताएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     2:10:38 PM  |

प्रतिक्रया दिनुहोस्