14 October 2019  |   सोमवार, अशोज २७, २०७६

कमल थापा भन्छन् – सनातन हिन्दु राष्ट्र ,राजसस्थासहितको लोकतन्त्र अवको एकमात्र विकल्प हो !

    | प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६  

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र ,राजसस्थासहितको लोकतन्त्र अबको एकमात्र विकल्प भएको बताएका छ्न । कसैलाई काखा र कसैलाई पाखा राखेर मुलुकले शान्ति र समृद्धिको बाटोमा हिड्न नसक्ने भएको भन्दै अब सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए ।

पार्टीले संचालन गरेको दुई दिने प्रशिक्षक/प्रशिक्षण कार्यक्रमलाई धुलिखेलमा सम्बोधन गर्दै अध्यक्ष थापाले आगामी निर्वाचनमा राप्रपा शक्तिशाली राष्ट्रवादी पार्टी बन्ने दाबी समेत गरेर । विगतमा भएका निर्वाचनमा सोचेजस्तो परिणाम ननिस्किएको भएपनि अध्यक्ष थापाले आफ्नो पार्टीले उठाउदै आएका बिचार र एजेन्डाहरु कम्जोर नभएको भन्दै तिनै बिचार सिधाान्त र एजेन्डा लाई मुर्तरुप दिन यो वर्षलाई संगठन निर्माण र बिस्तारको अभियान थालिएको बताए ।

अध्यक्ष थापाले यश अभियानका क्रममा मङ्सिर भित्र देशका ७सय ५२ वटै गाउँपालिकामा विभिन्न भातृ संगठनका इकाई कमिटी गठन गरिने बताए । उनले आउँदो मङ्सिर मा नै सुनसरी देखि नवलपरासीसम्म स्वाभिमान यात्रा तथा मङ्सिर मै भ्रस्टाचार विरोधी अभियान थाल्ने पनि बताए । उनले २०७६ भित्रै पार्टीका तीनलाख बेसी सक्रिय नया कार्यकर्ता तयार पार्न गाउँ फर्क अभियानको पनि सुरुवात गरिने बताए ।

एकअर्को प्रशङगमा अध्यक्ष थापाले राष्ट्रिय स्वाधीनता र सार्बभौमसत्ता, मुलुकको अखण्डताका लागि अब राप्रपा एक शक्तिशाली राष्ट्रवादी पार्ट्री बन्ने दावी समेत गरे ।

प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     2:30:06 PM  |

प्रतिक्रया दिनुहोस्