12 August 2019  |   सोमवार, साउन २७, २०७६

दलिय व्यवस्थाले संकट मात्रै ल्यायो,अब राजसंस्थालाई भुमिकामा राख्नुको विकल्प छैन :जबरा

    | प्रकाशित मितिः शनिबार, साउन २५, २०७६  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले दलिय व्यवस्थाले देशलाई निकास दिन नसक्ने भएको भन्दै अब राजसंस्थालाई भुमिकामा राख्नुको विकल्प नभएको बताएका छ्न ।

रिपोर्टर्स क्लब नेपालले शनिबार राजधानी काठमाडौमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दलिय पदत्ति र व्यवस्थाले मुलुक झनझन संकाटमा पर्दै गएको र राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै अब राजसस्थालाई भूमिकामा राख्नुको विकल्प नभएको बतए ।

अध्यक्ष जबराले भने – नेपालमा राजसंस्था अन्त्य भएको ११ वर्ष भैसक्यो, अहिलेको राष्ट्रप्रमुख राष्ट्रपतिको भूमिका पार्टीभन्दा माथि उठ्न सकेन् ,दलिय पदत्ति र व्यवस्थाले मुलुक थप समस्यामा पर्दै गयो, रास्ट्रपति केवल स्वखिन मात्रै हुँदै गए ,त्यसैले मुलुकको समृद्धि ,शान्ति सुरक्षा ,धार्मिक तथा सामाजिक क्षेत्रको स्थायित्व, राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि अब राजसस्थालाई भुमिकामा राख्नुपर्छ ।

अध्यक्ष जबराले राष्ट्रपति निश्पक्ष,जनमुखी कुनैपनि पार्टीमा आवद्ध नभएकोले राजसंस्थाजस्तो पूरानो संस्थालेमात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने बताए । उनले  राजसंस्थासहितको प्रजातन्त्र अबको विकल्प भएको बताए । उनले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने प्रकृतिको मुलुकलाई धर्मनिरपेक्षता बनाइनु उपयुुक्त नभएको पनि बताए । अध्यक्ष जबराले भने -अब यो देशलाई हिन्दूराष्ट्र बनाउन अत्यावश्यक छ,हामीले संविधान जारी गर्दा पनि यो कुरा जोडदार रुपमा उठाएका थियौं ।’

प्रकाशित मितिः शनिबार, साउन २५, २०७६     5:12:59 PM  |

प्रतिक्रया दिनुहोस्