20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

सरापेले अञ्जली लाई उतै बास बसौला भनेपछि अन्जली रिसाईन

    | प्रकाशित मितिः सोमवार, साउन २७, २०७६  

काठमाडौं । पश्चिम नेपालका चर्चित गायक कमल बि.सि माल्दाइ र चर्चित गायिका पुर्णकला बिसीको आवाजमा रहेको नया तिज गीत बजारमा आएको छ ।  “बर्दियामा घर छ, मलाई के को डर छ ” बोलको तिज गीत भर्खरै गायक बिसीकै आफ्नै युट्युब च्यानल बाट बजारमा आएको हो ।

आफ्नो जन्मभुमी बर्दिया जिल्लालाई समेटेर गायक बिसीले यो गीत तयार पारेका हुन । गित युट्युबमा आए देखि गितले राम्रो सफलता पाइरहेको छ । यस गितमा गायक बिसीले गायिका पुर्णकला बिसीलाई तिमी त सारै राम्री फुच्ची फुच्ची क्युटी भनेर फुर्क्याएका छन । त्यसो भन्दा गायिका पुर्णकला गितमै रिसाएकी छिन । “बर्दियामा घर छ” बोलको यो गित अहिले धेरैले रुचाएका छन । टिकटकमा पनि धेरैले यस गितमा भिडियो बनाएका छन ।

यादब देबकोटा ( सरापे ) अञ्जली चन्द ठकुरी र टेन्सन क्षेत्रीको दम्दार  अभिनय रहेको यश गितको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका हुन भने छाँयाकन प्रकास खड्काले गरेका हुन । बागेश्वरी म्युजिक बाट बजारमा आएको यश गितमा गायक कमल बिसी माल्दाइकै शब्द , संगीत रहेको छ ।

गीत छमछम नाच्न मिल्ने खाल्को भएकोले छोटो समयमा गित रुचाएका हुन । गितमा कमेडी पनि उत्तिकै राखिएको छ । सरापेको कमेडिले यस गितलाई झनै उत्कृष्ट बनाएको छ । सुरिलो आवाज भएका गायक बिसीका अन्य डान्सिङ गितहरु पनि अब लगातार बजारमा आउदैछ् ।
(भिडियो हेर्नहोस )

प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     9:57:55 AM  |

प्रतिक्रया दिनुहोस्