14 October 2019  |   सोमवार, अशोज २७, २०७६

‘प्रचण्ड’ पुत्र स्वर्गीय प्रकाशको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको सचिवालयको दावी !

    | प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६  

काठमाडौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र स्वर्गीय प्रकाश दाहालको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको प्रचण्डको निजी सचिवालयले स्पष्ट पारेको छ ।

प्रकाशका नाममा युएई (दुबई ) मा रहेको ईस्लामिक बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार छताछुल्ल भएपछि प्रचण्डको सचिवालयले आज पत्रनै जारी गरी स्पष्ट पारेको हो । पत्रमा तत्कालीन जनक्रान्तिबाट हासिल गरिएका उपलब्धि मास्न प्रतिगामी तत्व सक्रिय भएको भन्दै यस्ता गलत होहल्ला र प्रचारको पछि नलाग्न आग्रह गरिएको छ ।
आदरणीय जनसमुदाय,
यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ। क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन्।यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उनको बदनाम गर्न उद्दत छन्।

दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ। यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो।

कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं। परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं।
यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं।
२८ साउन, २०७६
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष प्रचण्डको निजी सचिवालय।

प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६     2:01:53 PM  |

One Comment

  • Devraj joshi

    प्रचण्ड नाम को भारत बाट जंगल को बाटो नेपाल छीरेको ईस्लामीक स्टेट को एजंट खुंखार आतंकवादी ले १७०००गरीब नेपालि हरु को रगत मा पौडीयर कमायको पैसा हो त्यो आज फण्ड जम्मा गरेर लुकायर उसको एकाउण्ट केही पनी छैन भनेर बिज्ञप्ती निकाल्दै मा प्रचण्डे उसको नरक मा रहेको कुपुत्र निर्दोष हुन सक्दैनन् पुरै दुनिया लाई थाहा छ आज को नेपाल को हरीबिजोग गर्ने त्यही आतंककारी प्रचण्डे हो

प्रतिक्रया दिनुहोस्