23 September 2019  |   सोमवार, अशोज ६, २०७६

राष्ट्रिय एकता र अखण्डतामा केन्द्रित राजसंस्था नै अबको अपरिहार्यता !

    | प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६  

मनोज पराजुली 

नेपाली इतिहासमा सवैभन्दा लामो शासन व्यवस्था संचालन गरेको “राजसस्था” ले नेपालका कम्युनिस्ट, जो अहिले आएर “कमाउनिस्ट” मा रुपान्तरण भै सकेका छन । तिनीहरुका रबैया  र सन्ततिले देख्ने ,बुझ्ने र विस्वास गर्ने गरि मुलुकमा विकास नगरेकै हुन। किनकी राजाहरूमा परनिर्भरता भन्दा पनि राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमिकता उनीहरूको सवैभन्दा ठूलो शक्ति र सामर्थ्य थियो। विकास र समृद्धि पनि यही नेपाली पौरखबाट गर्न सकिन्छ भन्ने विस्वास समेत थियो ।,त्यसैले आफ्नो क्षमता र हैसियत अनुसारको काम गरेर देशलाई दिगो बिकाश, शान्ति-सुरक्षा र सार्वभौमको अनुभूति गराएका थिए।

राजाहरूले दुई छाक मीठो मसिनो खानका लागि कहिल्यै  विदेशी शक्तिको चौकिदारी गरेनन । यति मात्रै हैन बिदेशी शक्ति र स्वार्थको अगाडी अडिग भएर आफ्नो देशको सम्मान मात्रै बडाएका थिएनन बिदेशी शक्तिलाई खेल्ने मौका समेत दिएनन। आज नेपालको जे जति विकास भयो, जे जति पुर्वाधारहरु बने चाहे त्यो पुर्व पश्चिम जोड्ने राजमार्ग होस या  उद्योगधन्दा र कलकारखाना, गाउँगाउँमा सरकारी विद्यालय होस या ग्रामीण सडक,खानेपानी होस या सिंचाई योजना, त्यो सवै आजका दिनमा राणा र राजाहरुकै देन हो। ती सबै राजाहरुकै पालामा पुगेका हुन । तर आज आएर क्युनिस्ट को सिद्धान्त बोकि यो देशको विकास र समृद्धिमा कायापलट पल्टाउने भनि लागेका विदेशी दलालका नोकरहरुले तिनै धारामा न त पानी नियमित पुर्याउन सके, न विद्यालयको भत्केको पर्खाल र छानो छाउन नै सके । बरु उल्टै शिक्षा मासेर हाम्रो आउने पुस्तालाई अझै पछि धकेल्न लागि परेका छन।

मेलम्ची होस या सिक्टा परियोजना, बुडि गण्डकी होस या कर्णाली हाइड्रो प्रोजेक्ट, आज यिनिहरुले दुहुनो गाई बनाएर मात्रै राखेका छैनन्, भारत बाट कम्सल तर महङोमा बिजुली आयात गरेर देश र जनता लुटेर बसेका छन। पिउने पानी समेत दिन नसक्नेहरुले राजा र राजसंस्थाको बिरुद्ध बोल्नु भनेको कुण्ठित मानसिक्ताको उपज मात्रै हो।

साँचो अर्थमा भन्नुपर्दा राजाहरूमा यिनिहरुको जस्तो हावाकै गफमा हावाबाटै बिजुलि बत्ती निकाल्न सक्ने र विस्वलाई नै चकित पारिदिने सामर्थ्य थिएन होला त्यसैले सहयोगी रास्ट्रहरु को सहयोग र आफ्नो बलबुतामा नेपाल र नेपालीलाई सक्ने बिजुली उत्पादन गरिदिएका थिए।

तर नेपाल र नेपालीको कुभलो हुने, देशको अधिकार र आत्मासम्मान गुमाउने असमान सन्धि र सम्झौता राजाहरुले कैले गरेनन। वीरेन्द्र को शान्ति प्रस्ताव र चाइना लाई सार्कमा जोड्ने जस्ता देश हित का प्रस्तावलाई कुठाराघात गर्दै कम्युनिस्टहरुले “बिप्पा” बिम्स्टेक र इन्डो-प्यासिफिक जस्ता देश र जनतामारा सम्झौता गरेर देशलाई बिदेशीको हातमा सुम्पिसकेका छन।

अझ जनता नमरुन, जनताको चाहना नै अर्कै हो कि भन्ने बुझेर  राजा ज्ञानेन्द्रले त झन २०६२/६३को जन आन्दोलन पछि स्वत: आफ्नो गद्दी नै त्यागिदिए। यो देश, नेपाली जनताको त्याग र वलिदानको सृष्टि हो,नेपाली जनताको नासो जनतालाइ नै भनेर सुम्पिदिए। तर आज राजनैतिक स्वार्थ बोकेका केही झुण्ड बाहेक सबै पछुताएको स्थिती छ। राजनैतिक या भनौ सत्ता र सम्पत्तीको लाल्सीहरुले जन चाहना बिपरित संघियता र धर्म निरिपेक्ष थोपर्ने कम्युनिस्ट र काङ्ग्रेस यो देशका कलंक हुन भन्ने जति छिटो हामिले बुझ्छौ त्यति नै छिटो हाम्रो देश र हाम्रो भविष्य सुरक्षित हुनेथियो।

यो साचो हो, राजाहरुको पालोमा गाउँगाउँमा सिंहदरबार थिएन,तर सिस्टम ,पद्धति र नियम कानुन यतिसम्म लाचार भने पक्कै थिएन। न यतिक बलात्कारका घटना थिए,न भ्रष्टाचार थियो न अपराध नै थियो। थियो त केवल राजनैतिक अनुसासन र नैतिक जिम्मेदारी ।

देश र जनताप्रति उत्तर्दायी थियो राजसस्था,तर यिनिहरुको हातमा देशको चावी परेदेखी नेपाली जनताको दुर्दशा सुरु भएकै हो र छ पनि। यो नाङ्गो यथार्थ हो। राजाहरुले एक वर्षमा नगर्ने खर्च हिजोका चप्पलेहरुले आज एउटै विमान काण्डमा झ्वाम पारेका छ्न। अरव भन्दा मुनिको कुनै भ्रस्टाचार छैन। कानून र न्यायलाई निरीह बनाइएको छ। गरिव जनताको ढाड सेकेर तिमिहरुले जस्तो राजाहरूले कहिल्यै देशको सम्पत्ति ब्रमलुट गरेर देश र जनता कंगाल बनाएको रेकर्ड छैन। अझ भन्नुपर्दा एक सार्वभौम मुलुकको हैसियतले देशको परराष्ट नीति अरुलाई सुम्पने, देशका विमानस्थलमा विदेशी सेना राख्नुपर्ने जस्ता कायरपुर्ण कामहरु राजाहरुको मानसपटलमा कहिल्यै आउदा पनि आएन रअ बिदेशी शक्ति सङ्ग कैले पनि लम्पसार परेन नेपालको राजसंस्था । ,बरु तिमिहरुकै षडयन्त्रले राजा बिरेन्द्र लगायत राजपरिवारको बंश बिनाश भयो, राजा ज्ञानेन्द्रको परिवारलाई दोषी देखाइयो र असफल गराइयो। अन्त्यमा उन्ले गद्दी त्यागिदिए तर बिदेशी सङ्ग झुकेनन। यस्लाई भन्छ देशभक्ती।

कम्युनिस्टहरु विकास विरोधी पक्कै होइनन, यस्को ज्वलन्त उदाहरण चिन र रुस हाम्रै अगाडी छन तर नेपालको सन्दर्भमा जवसम्म देशमा नेपाली कम्युनिस्ट भनाउदा कमाउनिस्ट को हालीमुहाली चल्छ तवसम्म विकास भन्दा बढी विनास अवस्य हुनेछ। किनकी UPF को सम्मेलन, रोहिङ्ग्या प्रति सद्भाव, Indo-Pacific, BIPPA संधी र नागरिक्ता बिधेयक यस्का आधार स्तम्भ हुन्। देशलाई बिदेशीको हातमा सुम्पी सकिएको छ त्यसैले देश र धर्म को रक्षा गर्ने हो भने यो पापी हरु को संघार गर्नै पर्छ। नेपालमा बिदेशी धर्म र बिदेशी शासनको जग बसाउने र मल जल गर्नेलाई सिद्ध्याउनै पर्छ।

त्यसैले अब नेपालमा नेपाली माटो र नेपाली परिवेस सुहाउँदो राज्य व्यवस्थाले मात्रै देश र जनताको सर्बाङ्गिण क्षेत्रको रक्षा गर्न सक्छ । त्यसको एकमात्र विकल्प भनेको राजतन्त्र मात्रा हो । विदेशीका पाठ सिकेर घोकेन्ते  तरिकाले गरिएका कुनैपनी दलिय शासन व्यवस्था नेपाल र नेपालीका लागि दिर्घायु बन्न सक्दैन भन्ने प्रष्ट भैसक्यो। अब नेपाली जनताले पुनः इतिहास देखिको राजा र प्रजावीचको सुमधुर सम्बन्धमा आधारित  राज्यव्यवस्थाको पुनर्स्थापनामा लाग्नुको विकल्प देखिदैन ।

प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६     4:59:52 PM  |

One Comment

Leave a Reply to Gopi Krishna Panta Cancel reply