14 October 2019  |   सोमवार, अशोज २७, २०७६

पुर्व पन्चहरुबीचको एकता ,हात्ती आयो फुस्सा !

    | प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६  

काठमाडौ । पुर्व पन्चहरुबीच तत्काल पार्टी एकता नहुने संकेत देखिएको छ । समान बिचारधारा बोकेका पार्टीबीच एकताको तयारी बारे पुर्वपन्च सम्मीलित राष्ट्रिय प्रजातन्त्र पार्टी ,र राप्रपा (सयुक्त) आन्तरिक गृहकार्यमा जुटेका थिए । तर यी दुई पार्टीबीच आन्तरिक गृहकार्य नपुग्दा तत्काल एकता हुने सम्भावना टरेको हो ।

पार्टी एकता बारे पहल थाल्न सोमबार साझ दुबै पार्टीका पार्टी अध्यक्ष बिच भेटघाट भएको र केही नितिगत कुरामा सहमति नहुदा तत्काल पार्टी एकता हुने छाटकाट नदेखिएको स्रोतले बतायो । यद्यपि एकताको प्रयास भने कायमै रहेको र सहमति जुटाउने प्रयास भैरहेको बताइएको छ ।

यसै विषयलाई लियर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यन कमल थापाले पनि समान बिचारधारा भएका राजनीतिक दलहरुसंग एकतागर्ने राप्रपाको निर्णय र प्रयास स्वरुप हिजो साँझ राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीसंग अलग अलग भेटेंको प्रतिक्रिया दिएका छ्न । अध्यक्ष थापाले भेटपश्चात चांडैनै एकता हुनेवारे आफु उत्साहित हुन नसकेको उल्लेख गरेका छ्न । पार्टी एकता सम्बन्धि हाम्रो प्रयास जारी रहने छ थापाले ट्विट गर्दै भनेका छ्न “नीतिगत विषयमा पहिले नै सहमति भैसकेको तथा दुवै पार्टीले औपचारिक बैठकबाट एकतागर्ने निर्णय गरेको पृष्ठभूमिमा म केही आशावादी थिएं। तत्काल एकता नभएपनि सिद्धान्त प्रति निष्ठावान रहंदै राप्रपालाई नंया उचाईमा पुर्‍याउने हाम्रो प्रयास अब झन तिव्र हुनेछ।सबै राष्ट्रवादी राप्रपामा एकताबद्ध हौं।”

यस अघि ??
झण्डै सात महिना अघि पटकपटक जुट्दै र फुट्दै आएका तीन पुर्व पन्चबीच एकताको बहस चल्यो । जसले नेपाली राजनीतिमा एक छुट्टै तरंग पैदा गर्यो । समान बिचारधारा र सिधाान्त बोकेका पुर्वपन्चद्वारा संचालित तीनवटै राप्रपा बीचको एकताको प्रयासले मुलुकमा ठूलो राष्ट्रवादी शक्तिको उदय हुने अपेक्षा गरिएको थियो । पार्टी एकताको लागि नेतृत्व तहमा भरपुर प्रयाससमेत भए । र, साढे एक महिनाको समय तीनवटै पुर्व पन्चबीचको एकता प्रक्रियाले चर्चा चुम्यो ।

खासगरी मुलुकमा वर्तमान राजनीतिक व्यवस्था बाट आजित भएर बसेका नेपालीका लागि यो शक्तिले केही निकास दिने धेरैको विस्वास थियो । राजतन्त्रको समर्थनमा खुलेवाम वकालत गर्न लागेका नेपाली जनताका लागि पुर्व पन्चेहरुको एकता प्रक्रियाले मुलुकमा केही परिवर्तनको आशा थियो ।

तीनवटै राप्रपाबीचको एकता प्रक्रिया चलिरहदा मुलुकमा एक बलियो राष्ट्रवादी शक्तिको हावी हुने डरले नेपाली राजनीति तातेको थियो । विशेष त तीनवटै राप्रपा बीचको एकता प्रक्रियाले मुलुकमा लुटपाट मच्चाईरहेका जुकाहरुको मनमा साच्चिकै ठूलो सुनामी पैदा गरिदिएको थियो । तर हात्ती आयो हात्ती आयो फुस्सा भनेझै पन्चेहरुको एकता प्रक्रिया बीचमै भाडियो ।

एकातिर पार्टी एकताको प्रयास गर्ने,अर्कोतिर मेरो गोरुको बार्है टक्का गर्ने पन्चेहरुको पुरानै प्रवृत्तिले एकाता प्रक्रियाले पुर्णता पाउन सकेन । यो या त्यो बाहानामा फेरि एकता प्रक्रिया बीचमै चुडियो । यद्यपि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच ०७५ माघ १८गते एकता थियो । पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच एकतापछि राप्रपा (संयुक्त)बन्यो र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी गरि अहिले पुर्व पन्चहरु दुई खेमामा छ्न ।

प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६     7:29:16 PM  |

प्रतिक्रया दिनुहोस्