14 October 2019  |   सोमवार, अशोज २७, २०७६

समयमा तलब नपाएपछि शिक्षक आन्दोलित,पठनपाठन ठप्प !

    | प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६  

इन्दु केसी,कैलाली । घोडाघोडी नगरपालिका १ सुखडमा रहेको राष्ट्यि माध्यामिक विद्यालयका शिक्षकहरुले पेन डाउन गरेका छन । शिक्षकहरुले पठन पााठन ठप्प परेपछि पढाइ प्रभावित भएको छ । मंगलबार विद्यार्थीहरुलाई मध्यान्न १२ बजे नै बिदा दिएको छ ।

विद्यालय प्रशासनले आफुहरुको तलब समयमा नदिएको र प्रध्यानाध्यापक राम छबिला चौधरीले विद्यालय क्षेत्रमा मनोमानि गरेको भन्दै शिक्षकहरुले पठन पाठन ठप्प पारेका हुन । जबसम्म प्रध्यानाध्यापक राम छबिलाले आफ्ना माग सम्बोधन र आफु नसुधिर्दा सम्म आफुहरुले पढाइ सञ्चालन नगर्ने शिक्षकहरुले बताएका छन । ८ महिना देखी आफुले तलब नपाएको शिक्षकहरुको गुनासो छ । तलबको बारेमा कुरा गर्न जादा चौधरीले आजभोली भन्दै टार्दे गएको शिक्षक दिपक राज गौतमले बताए ।

गत वर्ष साउनमा रातह शिक्षकमा नियुक्ती भएको र अहिले सम्म विद्यालय प्रशासनले नियुक्ती समेत नदिएको गौतमको आरोप छ । आफ्नो मनोमानि गर्ने विद्यार्थी र शिक्षकलाई कुनै खबर नै नगरी काम गरीरहेको समेत उनले बताए । कम्प्युटर बिषय भए पनि ३ वर्ष देखी कम्प्युटर बिषय नै पढाई नहुने गरेको पाइएको छ ।

विद्यार्थीहरुले हामिलाइ भन्ने गर्छन शिक्षक गौतमले भने , पटक पटक यो कुरा प्र अ चौधरीलाइ भन्दा सुने नसुनेको गरे । आफ्नो तलब महिना महिनामा संचय कोषमा जम्मा गर्ने गरे पनि अन्य शिक्षकहरुको भने वास्ता नगरेको शिक्षकहरुको आरोप छ । आफुहरुको चाही ८ महिना भई सक्दा समेत तलब नदिने गरेको शिक्षकको भनाई छ । आफुलाई नमुना विद्यालय भन्न पनि लाज लाग्न थालेको शिक्षक गणेश सापकोटाले बताए ।

केही महिना अगाढी मात्र राष्ट्यि माध्यामिक विद्यालय नमुना विद्यालयमा छनोट भएको थियो । प्रध्यानाध्यापक राम छबिला चौधरीले विद्यालयमा हुने गरेको कार्यक्रम पनि गुपचुपमा राख्ने गरेको आरोप लाग्ने गरेको छ । तलब को साथ साथै विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय माग्दा समेत प्रध्यानाध्यापकले नदिएकोले पनि पेन डाउन गर्नु परेको शिक्षक राजु बस्नेतले बताए ।

आफु व्यवस्थापन समितिको शिक्षक प्रतिनिधि भए पनि आफु नहुदा समितिले गरेको निणर्य समेत जानकारी माग गर्दा निर्णय दिनुको सट्टा पन्छिने गरेको उनको आरोप छ । केहि दिन अगाढी खोलिएको प्राबि राहत शिक्षकको सुचना शिक्षकहरुलाई समेत कुनै जानकारी नगराई नियुक्ती गरीएको शिक्षकले बताएका छन ।

यता प्रध्यानाध्यापक राम छबिला चौधरीले भने शिक्षकहरुले उठाएको कुरा जायज भएको बताए । विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयहरु दराजमा राखेको र आफु सगँ दराजको चाबी नहुदा देखाउन नसकिएको उनको भनाइ छ । यो समाचार तयार पार्दासम्म दुबैपक्षबीच सहमति नहुदा विद्यार्थीको पढाइ भोलिदेखी हुनेकी नहुने भन्ने अन्यौलता छ ।

 

 

प्रकाशित मितिः मङ्लबार, साउन २८, २०७६     8:13:19 PM  |

प्रतिक्रया दिनुहोस्