19 August 2019  |   सोमवार, भदौ २, २०७६

रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

    | प्रकाशित मितिः शुक्रबार, साउन ३१, २०७६  

काठमाडौं । न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।लामिछाने सहित तीन जनालाई अदालतले हिजो बिहीबारको मितिबाट लागू हुने गरी ५ दिन म्याद थप गरेको हो ।

उनीहरुलाई अदालतले पक्राउ गरेको मितिबाट ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, साउन ३१, २०७६     3:22:49 PM  |

प्रतिक्रया दिनुहोस्