23 September 2019  |   सोमवार, अशोज ६, २०७६

पार्टी एकता गरेर गल्ती गरेजस्तो लाग्न थाल्यो :प्रचण्ड

    | प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६  

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेर आफैलाई पश्चताप लागिरहेको सार्वजनिक अभिव्यक्ति दिएका छ्न । कहिले काँही पार्टी एकता गरेर आफुले गल्ती गरेको महसुस हुन थालेको प्रचण्डले बताए ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार राजधानी काठमाडौमा गरेको अन्तक्रिया कार्यक्रममा दाहालले पार्टी एकताको ९० प्रतिशत काम सकिएका बेला यस्तो अभिव्यक्ति दिएका हुन । कार्यक्रममा प्रचण्डले भने ‘किन हो किन कतिपय बेला पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको छ’ कतिपय बिषयमा चित्त नबुझदा पनि निर्णय लिनुपर्ने बाध्यता आइलागेको छ ।

प्रचण्डले पार्टी एकतालाई बलियो बनाउन चित्त नबुझेका कुरामा सम्झौता गर्दै आएको पनि खुलासा गरे । उनले कम्युनिस्ट पार्टीका लागि यतिबेला अवसर र चुनौति दुबै भएको बताउँदै केही गर्न नसके इतिहासले धिकार्ने समेत बताए।

प्रकाशित मितिः शनिबार, साउन ३२, २०७६     2:10:58 PM  |

प्रतिक्रया दिनुहोस्