23 September 2019  |   सोमवार, अशोज ६, २०७६

पुरानो व्यवस्थाका दुईचार जनाको भिडले सरकार डरले लगलग काम्यो मौका यहि हो भन्ने नसोचे हुन्छ:ओली

    | प्रकाशित मितिः आइतवार, भदौ १, २०७६  

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघिय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने दिपा सपना चेतावनी दिएका छ्न । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यदि कोही कसैले पनि जनताको अभिमत बाट हासिल गरिएको व्यवस्थालाई निस्तेज पार्ने,कुण्ठित पार्ने र सकेसम्म सिध्याउने दुस्साहस कसैले गरेको छ भने त्यो स्वीकार्य नहुने चेतावनी दिए ।

संघिय लोकतान्त्रिक गणतन्त्र देश र जनताको सबैभन्दा उपयुुक्त तर नयाँ व्यवस्था हो प्रधानमन्त्री ओलीले भने”यहा पुरानो चिन्तन पुरानो राज्यव्यवस्थाका मान्छे पनि छ्न “लोकतन्त्रले सबैको बिचार सुन्छ ,सबैलाई बोल्ने र भन्ने बाताबरण सृजना गरिदिएको छ । यसो भन्दैमा लोकतन्त्र र यो ब्यवस्थाको खिल्ली उडाउने र व्यवस्था परिवर्तन कै सपना कसैले देखेको भए त्यो केवल सपना हुने बताए ।

पछिल्लो समय यहाँ प्रतिगामी तत्वको चलखेल बढेको छ । दुईचार हुल सडकमा मैले नि देखेको छु ,हामिले पाखा लगायर पन्छाइसकेको व्यवस्थाका केही मानिसहरु सडकमा उफ्रिदैमा सरकार नै डरले लगलग काम्यो भनी नसोचे हुन्छ ।,आवस्यक परे संविधानले दिएको शक्ति अनुसार ठेगान लगाउन सरकार सक्षम छ प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकार र व्यवस्थालाई समाप्त पार्न यदि कसैले जाल बुन्छ भने त्यो घातक स्वयंम आफैलाई हो ।
प्रधानमन्त्री ओलीले देशमा विकास निर्माण ,शिक्षा ,स्वास्थ,खानेपानी क्षेत्रमा क्रमश विकासको गति उच्च भएको भ्रस्टाचार कम हुँदै गएको भ्रष्टाचारी धमाधम थुनिदै गएको बताए । मेलम्ची खानेपानी सरकारका कारण ढिला भएको होइन प्रधानमन्त्री ओलीले भने “ठेकेदार भाग्यो भन्दैमा मेलम्चीको पानी न आउने भन्ने हुदैन,सरकार यहि छ ,सरकार भागेको छैन,मेलम्ची केही दिन ढिला होला तर सरकारले काम पूरा गरेरै छोड्छ “।

प्रकाशित मितिः आइतवार, भदौ १, २०७६     12:25:17 PM  |

प्रतिक्रया दिनुहोस्