23 September 2019  |   सोमवार, अशोज ६, २०७६

विमानस्थलको भिआइपी कक्षमा हृदयन्द्रलाई प्रहरी अधिकारीले रोक्न पुगेपछि ….

    | प्रकाशित मितिः सोमवार, भदौ २, २०७६  

काठमाडौ । पुर्व युवराज पारस विक्रम शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा छोरा हृदयन्द्रलाई प्रहरी अधिकारीले रोक्न पुगेपछि धकेलेको बुझिएको छ ।भिभिअाईपि कक्षमा सुरक्षा दिईरहेका सब ईन्सपेक्टरले रोकेपछि पारसले हातले धकेलेका हुन ।

थाइल्याण्डमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी पुर्वरानी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । आफ्ना छोरा र भान्जालाई ती प्रहरी ईन्सपेक्टरले विमानस्थलको भिआइपी कक्षमा रोक्न खोजेपछि पारसले धकेलेका हुन । तर घटनाको बास्तबिकता नबुझी के निहु पाउ र उनको खिल्ली उडाउ भनेर बाटो पर्खेर बसेका केही समाचार माध्यमले भने पारसले नै प्रहरी माथि दुर्ववहार गरेको भनी आलोचना गरेका छ्न ।

पुर्वरानी कोमलको साथमा आइतबार प्रेरणा राज्य लक्ष्मी सिंहको बिशेष थाईल्याण्ड भ्रमण थियो । सो क्रममा पुर्व युवराज पारस ,छोरा हृदयन्द्र र पार्थव सिंहको उपस्थिति रहेको थियो । विमानस्थलको भिभिअाईपि कक्षमा सुरक्षा दिईरहेका सब ईन्सपेक्टरले हृदयन्द्र र पार्थवलाई र‍ोके पछि पारसले ती प्रहरीलाई हातले रोक्न पुगेका हुन ।

पुर्वरानी कोमल शाहले अाफ्नो नातीहरूलाई ढोकामा कुरिरहेको अवस्थामा र स्वयम् पारस शाहले अाफ्नो छ‍ोराहरूलाई ढोकामा बसेर भित्र पठाई रहेका थिर । निर्मल निवासबाट विमानस्थल पुगेका सुरक्षाकर्मीले भिभिअाईपि मुभमेण्ट सहज बनाउँदै सुरक्षा दिईरहेको अवस्थामा किन ती प्रहरी सईले अाफ्नो ज्युरिडिक्सन बिर्सेर हृदयन्द्रलाई रोक्न पुगेका थिए ।

भिभिअाईपी सवारी बारे जानकारी गहन हिसावले नलिनु , भिभिअाईपि मुभमेण्टमा कोको संलग्न छ भन्ने जानकारी ती प्रहरीकै सई साहेबलाई नहुनु र सुरक्षा अधिकारीले नदिनुले गल्ती प्रहरीकै भएको देखिन्छ ।

प्रकाशित मितिः सोमवार, भदौ २, २०७६     9:11:48 AM  |

One Comment

प्रतिक्रया दिनुहोस्