23 September 2019  |   सोमवार, अशोज ६, २०७६

आउ जनता देश बचाउ !

    | प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६  

सोम विक्रम सिंह
म ठिकै छु केही पनि भएको छैन केपी ओलीले आफ्नो स्ववास्थ बारे जानकारी दिंदै भन्छन् तर डाक्टरहरू ले जबर्जस्ती उहाँलाई सिङ्गापुर जान उक्साउँछन् । काठमाडौंलाई सिङ्गापुर बनाउँछु भन्थे तर झिङ्गापुरको अवस्था छ । तर के केपी काठमाडौं महानगरपालिकाका मेयर हुन् र भन्या सिङ्गापुर कसरी बनाईएको छ भन्दै अवलोकन र तालिम लिन जानू पर्ने ? यता नेपाललाई हेयको र भुटान सरह कुदृष्टि लगाउने नेताहरूको आएका श्यामशरण केपिलाई राम्रोसँग जानू है भन्न टुप्लुक्क आयर एक धण्टा कुनाकाप्चामा बसे । केहि समय अगाडि यसरी नै र का नव नियुक्त अधिकृत नेपालका नेता तर तिनका लागि तल्लो स्तरका कर्मचारीलाई आदेश दिन नेपाल आएका थिए । बाह्र बर्षमा पोई आको म राणीलाई ज्वरो आको भने झैं सिङ्गापुर हान्ने बाताबरण पो बन्न बाध्य बनाए नव लेण्डुपलाई । काउसो लाग्या यसो गरौं कि उसो गरौं भन्दै रन्थनिदै सिङ्गापुर हान्निए र फेरि हान्निदै छन् । अहिले कम्युनिष्टलाई बहुमत पनि दिन भरिको शिकार कान्छो बाउको अनुहार भएको छ ।

बहुमत आए यसो र उसो गर्छु भन्थे झन् मालिकले दिमाग हलचल हुने आदेश दिईरहेको हुँदा धेरै नै आपतको बादल मडारिरहेको छ । पश्चिमाको दवाव सहन नसकि गुठीको सम्पत्तिमा मोज गर्ने मौका यहि हो कि भनी गुठी बिधेयक ल्याए । धन्न जनताको धावाले र स्थगित भयो , पश्चिमाको भित्री चाल कुनै हालतमा गुठि बिधेयकलाई हतियार बनाई नेपालको मौलिक सभ्यता , राष्ट्रिय पहिचान , धर्म संस्कृतीको बलियो आड गुठिलाई ध्वस्त बनाउन चाहन्छन् । तर जनताले रोके पनि पश्चिमाको दवावले गर्दा गुठी बिधेयक खारेज गर्ने हिम्मत गरेका छैनन् ।

भारतमा बिजेपिले बहुमत ल्याई मत्त हात्ती झैँ भईरहेका छन् र सो बमोजिम संबिधानको धारा ३७० लाई खारेज गरि कश्मिर मामिलालाई सदाको लागि बिदा दिए र कश्मिर भारतको अभिन्न अङ्गमा परिणत गरिदिए । केहि हप्ता अगाडि काँग्रेसका नेता प्रदिप गिरीले भारतले नेपाललाई सिक्किम बनाउँछन् भनी कडा अभिव्यक्ति दिए ।

भारतका कांग्रेसका अभिन्न मित्रको रूपमा चिनिने नेपाली काँग्रेसका नेताबाट नेहरू डक्ट्राईन बिरूद्व बोल्न ठुलो शाहस हो वा ईन्डियासंग नाता टुटेकोले बिजेपि बिरूद्व अभिव्यक्ति हो अथवा नेपाललाई सिक्किमिकरणको नारा दिंदै अन्तत्वगोत्वा भुटानीकरणको पथमा डोर्याउनमा सहयोग पुराउनु हो कि ? प्रश्न गहन छ ,उत्तर स्वाभाविकै सम्पुर्ण नेपालीको मन मष्तिस्कमा बलियो रूपले छाप बसिसकेको भएता पनि तर केहि गर्ने हौसिएका छैनन् । नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले कुन आशयले भारतको कश्मिर मुद्वामा धारा ३७० को गहन अध्यनमा छौं भन्ने दुश्हासपुर्ण गरे वा केपिको स्वास्थ उपचारबाट भारतको गुह्य रूप बुझे ।

यता बहुमतिय सरकारले सर्वदलिय बैठकमा राजसंस्था समर्थक र बिप्लपको नेकपा एउटा चुनौतीको रूपमा लिंदै यसलाई जसरी पनि दवाउने आशय व्यक्तले ठूलो शंकाको घेरामा यो सरकार परेको छ । जिउँदै लखटेको संस्था हड्डी फुकेर आउँदैन भन्नु राजसंस्थाको राष्ट्र र राष्ट्रियता मुद्वा तथा आन्दोलनलाई निरूत्साहित पार्नको मुख्य उध्येश्य कतै सरकार भारतको दवदवामा निरीह बन्दै भुटानिकरणको साथ त दिंदै छैन ? एउटा महत्त्वपूर्ण कुरा के हो भने नेपालको राजनीतिक घटना मध्ये ठुलो घटना मदन-आश्रीत हत्याकाण्ड र दरबार हत्याकाण्ड पनि भुटानीकरणलाई बल पुगोस भनि अाफ्नो बाटोबाट हटाईएको भन्ने भनाई छ ।

राजा वीरेन्द्रको परिवारको वंश पनि हत्या हुनको मुख्य कारण पनि राजा वीरेन्द्रलाई बारबार भुटानी सरह मान्न दवाव दिनु नै हो । २०४६ सालको आन्दोलनमा पनि राजा वीरेन्द्रलाई भुटान सरह मान्न भारतले अति दवावमा राखेको थियो । सो बापत राजालाई विभिन्न प्रलोभन गरिएको थियो । त्यस्तै राजा ज्ञानेन्द्रको पालोमा २०६२-६३ को अान्दोलनमा पनि भुटान सरह नै बस्न कश्मिरका राजाका छोरा करण सिंह मार्फत प्रस्ताव आएको थियो ।

हाल कश्मिर भारतको अभिन्न अङ्ग बन्ने बाटो राजा हरि सिंहले आफ्नो राज्य कश्मिरलाई भारतसँग दाउमा राखेका थिए । तिनै राजाका छोरा करण सिंह भारतबाट मुख्य पात्र बनि राजा ज्ञानेन्द्रलाई भुटान सरह बन्न बिवस पार्न आईपुगेका थिए । सो प्रस्ताव राजाले ठाडै अस्विकार गरि जनताको नासो जनतालाई नै सुम्पिन्छु भनी नेपालको राष्ट्र र राष्ट्रियता जगेर्ना गरेका थिए । राजा आफु हारे पनि देश हार्नबाट बचाएका थिए । जसलाई नेताहरूले कमजोरी ठाने र त्यस बेला अवुझ जनताले आफ्नो ठूलो जित भनी जश्न मनाए तथा नेताहरूलाई फेरि देशका नदिनाला र परराष्ट्र बेच्न बाटो खोलिदिए आफ्नो अमुल्य मत दिएर । हाल आएर कहिले बिजेपिका नेता ,आरएसएस ,कहिले धर्मभिरू नेताहरू त कहिले हिन्दुका केही पदाधिकारीबाट नेपाललाई हिन्दुराष्ट्र बनाउन सहयोग गर्छु भन्दै प्रलोभन दिनु पनि नेपाललाई भुटान सरह वनाउने दाउपेच नै हो ।

राजा ज्ञानेन्द्रले पनि यसलाई महशुस गरिबक्सेर नै होला सायद बारम्बार राष्ट्र र राष्ट्रियताको सम्मान प्रति अभिव्यक्ति आईरहेको छ । भारतलाई आफ्नो दुवै हातमा लड्डु भएको भान भईरहेको छ । राजगद्दी गएपछि राजालाई फेरि राजसंस्था फर्काईदिने तर भुटान सरह बस्न आग्रहलाई राजा ज्ञानेन्द्रले लत्याईदिने महशुस भएपछि केपि भारतको तारोमा परेका हुन् । यहि अनुरूप उनी बारम्बार भुटानी रोगले ग्रस्त भई सिङ्गापुरमा उपचरार्थ हान्या हानै छन् । तर स्पष्ट के छ भने राजा ज्ञानेन्द्रलाई फेरि पनि राजसंस्थाको गद्दी भन्दा प्यारो आफ्नो देश नै छ ।

राजा ज्ञानेन्द्र कुनै पनि हालतमा भुटानीकरण स्विकार गर्ने अवस्थामा होईबक्सन्न । तर यदि भुटानीकरणलाई कुनै हालतमा नेता तथा तिनका पार्टिले विभिन्न प्रलोभन र धम्किले स्विकार गरेर नेपाललाई भुटान सरहमा राखेमा नेपाली जनताले अवस्य स्विकार्ने छैनन भन्ने ढृढ बिश्वास छ । यो समय ईतिहासकै एउटा अप्ठेरो अवस्थामा गुज्रिएको भान हुन्छ , शायद सत्र साल पनि यस्तो अवस्थामा थिएन होला । तर राजाले देशको लागि जस्तोसुकै त्याग गर्न पनि सक्ने तर नेताहरू कुर्सि र शक्तिको लागि जुनसुकै तल्लो स्तरमा पनि झर्न सक्ने सोच्दा नमिठो लाग्छ ।

केपीले कम्युनिष्ट सरकार पाँच बर्ष सम्म अब कसैले हटाउन सक्दैन भन्ने टिप्पणीले कतै केपिले पाँच बर्ष आफुलाई टिकाउन भुटान सरह डिफेन्स र परराष्ट्रमा भारतसँग सम्झौता गर्ने त होइनन् भन्ने शंका उपशंका उठिसकेका छन् । यस्तो अवस्थामा नेताहरूले राजा , राजाका समर्थक , बिप्लप र अन्य राष्ट्रवादी तथा देशभक्त समुहसँग हातेमालो गर्न गुहार गर्न पर्ने हो तर दलाल मनोवृत्ति , दास मानसिकताले ग्रस्त तथा विदेशीका कठपुतलीले शक्ति र पद पाईने लोभमा देश नै दाउमा राख्न उद्वत देख्दा र जनताको मानसिकता नबुझ्दा उदेक लागेर आउँछ ।

अन्तमा आग्रह गर्न चाहन्छु हाम्रो मत भिन्नता र बिचारको र सिद्वान्तको लडाई हामी आपसमै सल्टाउँला तर हामी चेतावनी दिन चाहन्छौं कुनै पनि हालतमा नेपाललाइ सिक्किमीकरणको त्रास देखाउँदै भुटानीकरणको पथमा डोर्याईन्छ भने याद गर दलाल हो ! भोली जनता गाउँ गाउँ , बस्ति बस्ति , गल्लि गल्लिबाट उठ्नेछन् । कसैले विप्लप र राजसंस्था समर्थक भनेर बिवाद गर्ने छैनन । बरू सम्पूर्ण राष्ट्रवादी र देशभक्त जनता एक ठाउँमा एउटै उध्येश्यका साथ उभ्भिनेछन् । जनताले बिवेक पुराउनेछन् , कुनै पनि हालतमा होस गुमाउने छैनन् । बरू छानी छानी दलाललाई यो देशबाट लखट्नेछन् या जल्लाद बनी तिमीहरूलाई झापा काण्ड र सत्रहजार काण्ड बिर्सने गरि अर्को काण्ड मचाउनेछन् , हजारौं दलाल सामन्तवाद नेतालाई गि्ड्ने छन् । जुन आन्दोलन नेपाल ईतिहासकै अन्तिम लडाईं हुनेछ जसले नेपाललाई फेरि साम्राज्यवाद ,विस्तारवाद , नवउपनिवेसबादबाट पुर्ण स्वतन्त्रता दिलाउने छ र नेपाललाई अभिवाज्य राख्ने छन् ।

यो देश गोरखकालीको नेतृत्वमा गोर्खाको रगतबाट सिंचेको हिमवत खण्डको भाग हो जसलाई गुरु गोरखनाथको आशिर्वाद छ भने पशुपतिनाथले रक्षा गरेका छन् । अब जनताले ढिलो नगरि बुझ्न आबश्यकता भईसक्यो । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको नेपाल , हाम्रा पुर्खा बलभद्र ,भक्ति थापा,अमरसिंह थापा ,बहादुर शाह जस्ता तमाम योद्वाहरूबाट जोगाईएको देश ,राजा त्रिभुवनको नेतृत्वमा सहिद गंगालाल , दशरथ चन्द ,धर्मभक्त,शुक्रराज शास्त्री जस्ताले जोगाएर प्रजातान्त्र ल्याएको देश ,राजा वीरेन्द्रले आफु र सन्तानको बंश नास भए पनि भुटानीकरण हुनबाट जोगाईएको देश ,राजा ज्ञानेन्द्रबाट आफु गद्दी छोड्न बाध्य भई जनताको नासो जनतालाई सुरक्षार्थ राख्न दिई साधारण जनता सरह बस्न रूचाई भुटान हुन नदिई सुरक्षीत राखेको देशलाई नेताहरूबाट नदिनाला सबै भारतलाई सुम्पि , प्रचण्डद्वारा नेपालको परराष्ट्र भारत सरह नै हुने भनी अघि नै परराष्ट्र भारतलाई सुम्पि अझ नेपाललाई भुटान बनाउन उद्वत हुन्छ भने अब देशको भविष्य जनताको हातमै छ । अब देशको भविष्य र आफु आन्तरिक शरणार्थी बन्ने कि नबन्ने भन्ने निर्णय जनताले कुन प्रकृयाले गर्ने हुन् ? फैसला जनतानै गरून् जय देश , जय नेपाल !

प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६     11:22:32 AM  |

प्रतिक्रया दिनुहोस्