23 September 2019  |   सोमवार, अशोज ६, २०७६

हामी नेपाली “ताक परे तिवारी नत्र गोतामे” कस्तो स्वार्थी र अवसरवादी !

    | प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६  

राकेश कुमार शर्मा
हाम्रो मुलुक नेपालका नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी,अवसरवादी र मासु, भात, दारु(रक्सी) मा बिकाउ छ्न।यसकारणले पनि मुलुकको विकास, आर्थिक उन्नति र प्रगति हुन नसकेको हो। स्वर्गीय मदन भण्डारी सच्चा कम्युनिस्ट देशभक्त र कम्युनिस्टको सहि सिद्धान्त र सहि विचार बोकेका व्यक्ति थिए।मदन भण्डारीले मुलुकको मुहार फेर्न चाहन्थे।रिस,डाह र बिकाउ प्रवृतिका नेताहरूले मदन भण्डारीको मुलुकको मुहार नै फेर्ने चाहनालाई देख्न सकेनन।तर मदन भण्डारीको सहि सिद्धान्त,सहि विचार र देश भक्त्तिकै कारण हाम्रै देशका नेताहरूले मारेका हुन।

स्वर्गीय श्री ५ वीरेन्द्र विर विक्रम शाहदेवको वंश विनाश पनि राष्ट्रप्रतिको भक्ति भाव राष्ट्रवादी र वफादारी कै कारण भएको हो।स्वर्गीय श्री ५ दिपेन्द्र विर विक्रम शाहलाई हत्यारा बनाइयो र दिपेन्द्र हत्यारा हो भनेर झुठो प्रचार गरियो तर दिपेन्द्र हत्यारा होइन सर्वप्रथम दिपेन्द्रको हत्या गरेपछि दिपेन्द्रको नक्कली मुकुण्डो लगाएर मार्ने काम भएको छ।बिरेन्द्रको वंश विनाशमा कांग्रेसका स्वर्गीय गिरिजा प्रसाद कोइराला लगायत कम्युनिस्ट र माओवादीका पनि केहि नेताहरूको सहभागिता छ।

स्वर्गीय वीरेन्द्र शाहको वंश विनाश पश्चात बाध्यता पुर्वक ज्ञानेन्द्र शाहलाई शासन सत्ता चलाउने भार आई पर्न गएको थियो। तर पुर्व राजा ज्ञानेन्द्र शाह समयानुकूल चल्नुपर्ने थियो।तर ज्ञानेन्द्र शाह चाहिंदो भन्दा बढी राष्ट्रवादी भएको कारण नै सत्ताबाट बाहिरिनु परेको हो।डलर र पाउण्डमा बिकाउ भएका केही नेताहरूको सामुन्ने अहिलेको २१ ओं शताब्दीमा सच्चा राष्ट्रवादी बनेर मुलुक चलाउन सक्छु भन्ने साहस गर्नु नै ठुलो भुल र गल्ती थियोे?

प्रधानसेनापति रुक्मांगद कटवालको कार्यकालमा नै  माओवादीका पुष्प कमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताहरूले आफ्नो लडाकुहरु नेपाली सेनामा समायोजन गरेर नेपाली सेनाहरुमा फुट गराएर नेपाली सेनालाई सखाप पारेर मुलुक नै ध्वस्त गर्ने लक्ष्य थियो।नेपाली सेनाले कहाँ कहाँ बाट बडो दु:ख र कष्ट गरी विडियो फेला पारेर माओवादीका धेरै गोप्य रहस्य्हरु फेला पारे।यसप्रकार मुलुक ठुलो दुर्घटना हुनबाट नेपाली सेनाहरुले जोगाए।

मुलुक जोगाउनमा नेपाली सेनाहरुको ठुलो योगदान छ।नेपाली नागरिकहरुले सेनाहरुले मुलुकप्रति दिएको योगदान र महत्त्वलाई बुझेनन।नेपाली सेनाहरुलाई मान सम्मान दिन त पर जाओस नेपाली नागरिकहरु कसैले पनि नेपाली सेनाहरु प्रति सहानुभूति सम्म देखाएनन?नेपाली नागरिकहरु स्वार्थी र गुण बिर्सने हुन।गुण भन्ने कुरा एक फेर लगाईन्छ।

पत्रकार भनौं वा प्रस्तोता भनौं जे भएपनी रबि लामिछानेले कडा भन्दा कडा अन्तर्वार्ता नांगेझार हुने गरी नेताहरु, भ्रष्टाचारीहरु र माफियाहरु लिने गरेका थिए । ,कसका लागी तपाईं हामी नागरिकहरुका लागी हो।मुलकमा बेतिथि भयो, मुलुकले निकास पाएन र मुलुकमा भ्रष्टाचार भयो भनेर कडा भन्दा कडा अन्तर्वार्ता लिएको कारण आज रवि लामिछाने लगायत दुई जनालाई जेलमा सजाय भुगतन बाध्य भयो।नेताहरू, भ्रष्टाचारीहरु र माफियाहरुको लागी रबि लामिछाने आँखाको तारा बनेको थिए।फलस्वरूप योजनाकारहरु योजना  बनाउनमा सफल भए।

एक त पत्रकारको पत्रकार साथीहरु नै बढी हुन्छन।शालिकराम पुडासैनी पत्रकार भएकोले रबि लामिछाने , अस्मिता कार्की र युवराज कंडेलले मलाई टर्चर र परेशान गरे भनेर पत्रकारहरुलाई भन्न सक्थे?पत्रकार सम्मेलन गर्न सक्थे?विभिन्न अनुसन्धान गर्ने निकायहरुमा उजुरी दिन सक्थे?तर दिएनन।यसकारण मेरो विचारमा शालिकराम पुडासैनीले आत्महत्या गरेको होइन वास्तवमा शालिकराम पुडासैनीको हत्या भएको हो भन्ने बुझिन्छ।

रवि यो भलो गर्ने जमाना रहेनछ मलाई बल्ल थाहा भयो।एक त हाम्रो मुलुकलाई सतीले श्रापेकोले पनि राम्रो काम गर्नेहरुको सहि विचार बोक्नेहरुको उठी बास लाग्छ र नेपालमा सहि विचार,सहि नियत र सहि उद्देश्य भएकाहरू टिक्न सक्दैनन। राम्रो काम गर्ने, सहि सिद्धान्त, सहि विचार बोक्ने र राष्ट्रवादीहरुको नेपालमा काम छैन।जस्तै स्वर्गीय मदन भण्डारी, स्वर्गीय राजा वीरेन्द्र शाह वंश,पुर्वराजा ज्ञानेन्द्र शाह र तपाई रवि लामिछाने।म त अब भीर बाट खस्नेलाई राम राम भन्छु जोगाउन जान सकिन्न भने जस्तै अब मुलुकमा जस्तोसुकै अराजकता भएपनि चुपचाप लागेर बस्छु केही बोल्ने वाला छैन।कति भन्नु?कसलाई भन्नु र कसलाई सुनाउनु?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंगबहादुर राणा ज्यु, कानुनका ज्ञाताहरु, कानुनका विश्लेषकहरु र बुद्धिजीवी वर्गहरुमा मेरो अपिल तल उल्लेखित नामहरुको कारणले विक्रम सम्वत २०५२ साल देखि विक्रम सम्वत २०६२/०६३ साल हुंदै आजसम्म मुलुक संक्रमणकाल अवस्थाबाट गुज्रिरहेकोे छ र आजसम्म पनि मुलुकलाई निकास दिन नसकेकोले तथा व्यापक कर वृद्धि गरेको पिठो, चिनी,तेल जस्ता खाद्यान्नमा समेत भ्याट लगाएकोले र मैले सांसदहरुको सामुहिक श्राद्द सांकेतिक विरोध गर्दा राज्य द्वारा मलाई २०७६ साल श्रावण १५ गते पक्राउ गरी श्रावण २४ गते १० दिनको दिन छोडियो।

मेरो मानवअधिकार हनन भएको छ।मैले आत्महत्या गर्नुमा यसको जिम्मेवारहरु प्रधानमन्त्री के.पी. शर्मा ओलि, युवराज खतिवडा,पुष्प कमल दाहाल,कृष्ण बहादुर महरा,बाबुराम भट्टराई,नारायणकाजी श्रेष्ठ,जनार्दन शर्मा,नन्द बहादुर पुनः,वर्षमान पुनः,माधव कुमार नेपाल,झलनाथ खनाल,विष्णु पौडेल,शेर बहादुर देउवा र कृष्ण प्रसाद सिटौला हो भन्न कत्तिको उचित होला?भन्न मिल्छ की मिल्दैन सोच्नुहोस ?शालिकराम पुडासैनी जस्तै सबैले यस्तै भन्ने हो भने मुलुकमा विकृति बढदै जाला यसतर्फ पनि ध्यान दिन जरुरी छ।आउने दिन हरुमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद, नेता, प्रधानन्यायाधीश र प्रहरी कोई पनि अछुतो र चोखो नरहन सक्छन।नजिर बन्छ नियन्त्रण भन्दा मुलुक बाहिर जान्छ।

पुर्वराजा ज्ञानेन्द्र शाह, युवराज पारस शाह र युवराज्ञी हिमानी शाह ज्यु, तपाईहरु सबैलाई मेरो विनम्र अनुरोध अब शासन सत्ता आफ्नो हातमा लिएर चलाउने साहस नगर्नु होला कसका लागि लिनु हुन्छ। मासु ,भात, रक्सीमा बिक्ने नेपाली नागरिकहरुका लागि ?गुण बिर्सने नेपाली नागरिकहरुका लागि ? ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी र अवसरवादी नेपाली नागरिकहरुको लागि ?

यदि नेताहरूको कारण मुलुक अफगानिस्तान, हाइटी र रुवाणडा भएपनि देखाजाला त्यसैले तपाईहरुलाई यसको परिणाम भुगतन पर्दैन अन्तर्राष्ट्रिय स्तरबाट नै जहाजमा तपाईहरुलाई खानेकुरा र सर सामानहरु उपलब्ध गराई हाल्छ्न के को चिन्ता?तपाईहरुलाई नेपाली नागरिकहरुले मान सम्मान र कदर गर्न नजाने पनि अन्तर्राष्ट्रिय स्तर बाट पाउने सम्मानहरुमा कुनै कमी हुने छैन। म पनि भीर बाट खस्नेलाई राम राम भन्छु जोगाउन जान सकिन्न भने जस्तै अब मुलुकमा जस्तोसुकै अराजकता बढे पनि चुपचाप लागी बस्छु केही बोल्ने वाला छैन।

प्रकाशित मितिः बिहिबार, भदौ ५, २०७६     12:09:45 PM  |

प्रतिक्रया दिनुहोस्