23 September 2019  |   सोमवार, अशोज ६, २०७६

महानिरीक्षकज्यू दोषी पत्ता लाउनेकी निर्दोषलाई फसाउने षड्यन्त्र रच्ने ?

    | प्रकाशित मितिः शुक्रबार, भदौ ६, २०७६  

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ज्यूलाई म साधारण नागरिकको चिट्ठी।

प्रहरी महानिरीक्षक ज्यु ,मर्नुभन्दा पहिले नै पत्रकार शालिकराम पुडासैनीले रवि लामिछाने ,युवराज कंडेल र अस्मिता कार्कीको कारणले आत्महत्या गरेको बताएका छन वा भिडियो फेला परेको छ। प्रहरी महानिरीक्षक ज्यु, कुरा यति मात्र होइन र ?

प्रहरी महानिरीक्षक ज्यु, यो केस शालिकराम पुडासैनी को आत्महत्या संग सरोकार भएको केस हो।मेरो बुझाईमा रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई फसाउनलाई नै गरेको यो षड्यन्त्र हो ।,जस्तो मलाई लाग्छ।मेरो विचारमा शालिकराम पुडासैनीले आत्महत्या गरेको होइन शालिकराम पुडासैनीको हत्या भएको हो भन्ने मेरो बुझाइ छ।

प्रहरी महानिरीक्षक ज्यु,तपाईंलाई केही कुराहरू ध्यानाकर्षण गराउन गइरहेको छु। यसभन्दा पहिले पनि रवि लामिछानेको नाम बदनाम गराउने मनसायले रवि लामिछानेको पहिलो श्रीमती संग सम्बन्ध विच्छेद नभई नै निकिता पौडेल संग विवाह गरेको भनेर अति चर्चाको विषय नै बन्न गयो। आखिरमा रवि लामिछानेले निकिता पौडेल संग विवाह गर्नु भन्दा पहिले नै पहिलो श्रीमती संग सम्बन्ध विच्छेद गरिसकेका रहेछन।योजनाकारहरु पहिलो योजनामा रबि लामिछानेको नाम बदनाम गराउनमा असफल भए।

रवि लामिछानेलाई यस्तो गर्न किन खोजीयो भने प्रस्तोता  लामिछानेको सीधा कुरा जनतासंग भन्ने कार्यक्रममा  लामिछाने कडा भन्दा कडा शैलीमा प्रस्तुत हुने र भ्रष्टाचारीहरु, माफियाहरु र नेताहरूलाई नांगेझार बनाउने किसिमको थियो।यसकारण न्युज 24 को सीधा कुरा जनता संग भन्ने कार्यक्रम नै रवि लामिछानेको लागि १००% प्रतिशत बाधक हो।

प्रहरी महानिरीक्षक ज्यु, भोलिको आउने दिनहरूमा तपाईंको छोरा वा छोरीले म आफ्नो बुवा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कारणले आत्महत्या गरेको हो भन्दैमा तपाईं हत्यारा भइ हाल्नु हुन्छ? रेणु दाहाललाई रेणु दाहालका छोरा छोरीहरूले मम्मी तपाईंले रवि लामिछाने माथि झुठो आरोप लगाउनु भएको कारण साथी भाईहरुको टर्चर हामीले खेपिरहनु परेकोले मम्मी रेणु दाहालको कारणले आत्महत्या गरेको हो भन्दैमा रेणु दाहाल हत्यारा भइ हाल्नु हुन्छ?

प्रहरी महानिरीक्षक ज्यु ,तपाईहरुको काम नै अपराधीहरुलाई थुन्ने हो कुनै अपराधी वा कुनै कैदी थाना बाट मुक्त हुने बित्तिकै मलाई एस पी वा डि एस पी वा प्रहरी निरीक्षक वा सइ वा असइ वा जेलरले मानसिक यातना दिएकोले मैले आत्महत्या गरेको हो भन्दैमा के प्रहरी अधिकारीहरु हत्यारा भइ हाल्नु हुन्छ?आत्महत्याकै कारण सबै हत्यारा बन्ने हो भने प्रहरी महानिरीक्षक ज्यु, भोलिको आउने दिनहरुमा प्रहरीहरुलाई अपराधी पक्राउ गर्न पनि गाह्रो हुन्छ प्रतिशोधको भावनाले  मानिसको आत्महत्या गर्ने विकृति र चाहना पनि बढ्दै जान्छ।प्रहरी महानिरीक्षक ज्यु, यसतर्फ पनि ध्यान दिन र सचेत हुन जरुरी छ।

प्रहरी महानिरीक्षक ज्यु, प्रहरी संगठनहरुमा रवि  लामिछानेको फ्यान वा साथीहरु पनि धेरै छ्न। भोलि यही रवि लामिछानेको विषय वस्तुलाई लिएर प्रहरी संगठन भित्र विद्रोह भयो भने के गर्नु हुन्छ?यसकारण मुलुकमा आगो लाग्नु भन्दा पहिले बुझाउन ठिक हुनेछ जस्तो मलाई लाग्छ।बरु पत्रकार शालिकराम पुडासैनीको हत्या गर्ने वास्तविक हत्याराको पत्ता लगाउने काम गरेमा यसले पत्रकार शालिकरामको आत्माले पनि शान्ति पाउने छ। त्यसैले मैले गलत कुरा लेखेको भएमा क्षमा प्रार्थी छु। बाँकी हजुरको विचार।

स्वतन्त्र नेपाली नागरिक:
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं.०२

प्रकाशित मितिः शुक्रबार, भदौ ६, २०७६     9:53:28 AM  |

प्रतिक्रया दिनुहोस्