23 September 2019  |   सोमवार, अशोज ६, २०७६

रवि जी नेपालमा राम्रो सोच,विचार र सिधाान्त भएका मान्छेलाई बाच्न गाह्रो छ !

    | प्रकाशित मितिः सोमवार, भदौ ९, २०७६  

राकेश कुमार शर्मा
स्वर्गीय तुलसी गिरीले मलाई नेपाल मुलुक चाहिदैन भनेर बाहिरी मुलुक जानु भएको थियोे । आफुलाई नेपाल मुलुक चाहिदैन भनेर त्यतिकै भन्नु भएको रहेनछ, बुझेर नै भन्नु भएको रहेछ तर तुलसी गिरिको ठुलो भुल र गल्ती पुन: फर्केर नेपाल आउनु थियो।

नेपालमा कानुनी शासन छैन। यसकारण नेपाल कानुनी शासन भएको मुलुक होइन।राम्रो सिद्धान्त, सोच, विचार राख्ने मानिस नेपालमा टिक्न सक्दैन। तीन करोड नेपाली नागरिकहरु मध्ये प्रधानसेनापति रुक्मांगद कटवाल जस्ता सेनाहरुलाई मुलुकको चिन्ता? पुर्वराजा ज्ञानेन्द्र शाह जस्तालाई मुलुकको चिन्ता?रवि  लामिछानेलाई मुलुकको चिन्ता?र मलाई मुलुकको चिन्ता? तीन करोड नेपाली नागरिकहरु मध्ये कम से कम एक लाख जनालाई मुलुकको चिन्ता होला?बांकीलाई हात लाग्यो शुन्य भने जस्तै छ।

रवि जी तपाई अमेरिका जस्तो मुलुकको पि आर त्याग गरेर आउनु भएकोमा म चकित परेको छु। अमेरिकामा कम से कम नाकाबन्दी त हुन्न?रवि जी तपाईले अमेरिका जस्तो विकसित र सिस्टममा चलेको मुलुकको पि आर त्याग गरेर नेपाल आउनु नै दुर्भाग्य र ठुलो भुल हो। रवि जी तपाई रिहा भएपछि निकिता जी लाई लिएर पुन: अमेरिका जानुहोला भन्ने मेरो राय, सुझाव, सल्लाह र अनुरोध पनि छ। हाम्रो मुलुकको प्रायजसो सबै नेताहरू बिकाउ भएकोले मुलुकको यस्तै अवस्था रहि रहयो भने अफगानिस्तान, सिरिया, रुवाणडा र हाइटी बन्न धेरै समय छैन?रवि जी नेपालमा के ठेगान फेरि कहिले नाकाबन्दी हुने हो र भोकभोकै मर्ने अवस्था आउन नसक्छ भन्ने कुनै ग्यारेन्टी छ र?

मलाई पनि हाम्रो मुलुकको हालत देखेर दिक्क लागेको छ।
हाम्रो मुलुक नेपाल अविकसित मुलुक हो। हाम्रो मुलुकले कहिले पनि प्रगति गर्न सक्दैन। नेपालमा नेपालका नेताहरूको मात्र प्रगति हुने छ। नेपालमा यो कुरा ठिक छ भनेर कतै बाट चित्त बुझाउनु पर्ने ठाउँ छैन? दिनहुुँ बेरोजगार युवाहरु बिदेशतिर पलायन भइ रहेको अवस्था छ।नेताहरू आफ्नो दुनो कहाँ बाट कसरी सोझाउनमा मात्र ध्यान तत्पर र केन्द्रित छन।

नेपाली भएर पनि पि आर लिएर बाहिरी मुलुकमा बस्नु भएको नागरिकहरुलाई मुरी मुरी धन्यवाद र शुभकामना छ।

नेपालमा बस्नु पुर्वराजा ज्ञानेन्द्र शाहको पनि ठुलो भुल हो।निर्मल निवास बाट उनी बाहिर निस्के पनि नेताहरू तर्सेर थर्कमान भएकै छ्न ? पुर्वराजा ज्ञानेन्द्र शाह मंदिर दर्शन गर्न हिंडे पनि डराएका छ्न?नेताहरू ज्यु,पुर्वराजा ज्ञानेन्द्र बाघ र भालु हो डराउनुपर्ने?पुर्व राजाको हैसियतमा पुर्व राजा ज्ञानेन्द्र शाह आफ्नो निवास बाट उपत्यका घुम्न,मुलुकको बाहिरी भु- भाग घुमफिर गर्न र मंदिर दर्शन गर्न निस्कनु हुँदैन भन्ने कुन मुलुकको संविधानमा छ?

पुर्व राजा ज्ञानेन्द्र शाह बुद्ध भगवान भएकोले चुप लाग्नु भएको छ?पुर्व राजाले मलाई घुमफिर गर्न र मंदिरहरु दर्शन गर्न बन्देज र रोकथाम गरिएकोले मेरो मानव अधिकार हनन भएको छ भनेर अन्तर्राष्ट्रिय स्तरमा उजुरी हाल्ने  बित्तिकै सबै नेताहरूको बाह्र बज्छ?यस तर्फ पनि ध्यान दिनुहोला।बोल्न पायो भनेर जे पायो त्यही पुर्व राजा विरुद्ध बोलेका छन कति सहनु?पुर्व राजा ज्ञानेन्द्र शाहको धैर्य धारण र मौनतालाई कमि कमजोरी सोच्ने काम कुनै पनि नेताहरूले नगरेको नै बेस हुन्छ?

पुर्व राजा ज्ञानेन्द्र शाहले मर्यादा नाघेर अपशब्दले कुनै पनि नेताहरूलाई आजसम्म गाली गरेको भन्ने मलाई थाहा छैन?पुर्व राजा ज्ञानेन्द्र शाहले जहिले पनि मर्यादित र शिष्टचारले नै बोल्नु भएको छ।पुर्व राजा ज्ञानेन्द्र शाहलाई कहिले प्रधानमन्त्री के.पी.शर्मा ओलीले गाली गरेको र धम्क्याएको सुनेको छु?कहिले पुष्प कमल दाहालले गाली गरेको र धम्क्याएको सुनेको छु?कहिले बाबुराम भट्टराईले गाली गरेको र धम्क्याएको सुनेको छु?कहिले माधव कुमार नेपालले गाली गरेको र धम्क्याएको सुनेको छु?कहिले गगन थापाले गाली गरेको र धम्क्याएको सुनेको छु?पुर्व राजा ज्ञानेन्द्र शाहको कति खेदो खनेको हो?

पुर्व राजा ज्ञानेन्द्र शाह पटक्कै ईख नभएका हुन।पुर्व राजा ज्ञानेन्द्र शाह मुलुक त्याग गरेर अन्तर्राष्ट्रिय मुलुक नै जीवनभरी बस्ने हो भने पुर्व राजा ज्ञानेन्द्र शाहलाई सम्मान साथ हिन्दु सम्राट तथा विष्णुको अवतार भनेर दिनहुँ बिहान र बेलुका पुजा  गरेर राख्छन।पहिले राजसंस्था र राजसंस्था पछि पुर्व राजा ज्ञानेन्द्र शाह भएर मात्र यो मुलुक बचेको छ।पुर्व राजा ज्ञानेन्द्र शाहले मुलुक त्याग गरुन त्यसपछि हामी नेपाली नागरिकहरुको के दुर्दशा हुनेछ बल्ल थाह हुन्छ? हिन्दीमा कहावत छ बँदर क्या जाने अदरक का स्वाद त्यस्तै हामी नेपाली नागरिकहरु छौं।

आजसम्म पनि नेताहरु र नेपाली नागरिकहरुको घोचपेच र अपशब्द सहेर बस्ने मुलुक त्याग गर्न नसकेकोमा पुर्व राजा ज्ञानेन्द्रको शाहको रत्तिभर पनि ईख नभएको जस्तो लाग्यो ? ईख नभएको मानिस र विष नभएको सर्पको के काम ?

प्रकाशित मितिः सोमवार, भदौ ९, २०७६     10:19:27 AM  |

प्रतिक्रया दिनुहोस्