8 December 2019  |   आइतवार, मंसिर २२, २०७६

नेपाली सेनालाई कमजोर पार्ने चलखेल, रेन्जर गण खारेज गर्ने नेताहरुको प्रपन्च !

    | प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६  

राकेश कुमार शर्मा


राजनीतिक दलका नेताहरूले नेपाली सेनाको संगठनको रेन्जर गण खारेज गर्ने किन ? प्रधानसेनापति रुक्मांगद कटवाल को पालामा पुष्प कमल दाहालले नेपाली सेनाको संगठनमा खेल खेल्न धेरै प्रयास गरे तर सकेनन्। कतै नेपाली सेना कम्जोर त भएको होइन?

विक्रम सम्वत २०७६ साल भाद्र ९ गते नेपाली सेनाको रेन्जर गण खारेज गर्ने विरोधमा बोल्ने आँट, हिम्मत र साहस कहाँ बाट आयो?नेपाली सेनामा खेल खेल्न कै लागी माओवादीले एमाले संग एकता गरेको रहेछ प्रष्ट भइ रहेको छ।पुर्व माओवादीका अध्यक्ष पुष्प कमल दाहालले जुन काम आफुले गर्न सकेनन त्यस कामलाई एमालेका प्रधानमन्त्री के.पी. शर्मा ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल र ईश्वर पोख्रेल आदि आदि जस्ताहरु बाट गराउन खोजेको देखिन्छ।नेपाली सेनाको संगठनमा कदापि आँच आउन नदिन यसका लागी राष्ट्रवादी नागरिकहरु एकजुट हुन जरुरी छ।

सांसद र नेताहरूले आज नेपाली सेनाको संगठनको रेन्जर गण हटाउने भनिन्छ भोलि भैरवनाथ गण हटाउने भनिन्छ र पर्सी देवी देवताहरुको नाम बाट राखिएको गुल्म, गण र पृतनाको नाम सबै हटाउने भनेर निर्णय गर्लान यिनीहरूको कुनै ठेगान छैन?यसैगरी मुलुकमा धर्म निरपेक्ष गर्ने बेला केही एमालेका नेताको प्रयोग गरी झुक्याएर धर्म निरपेक्ष गरेका हुन।

नेपाली सेना भनेको मुलुकको खम्बा, प्रतीक र धरोहर हो।यसकारण नेपाली सेनाको संगठनलाई चलाउने दुस्साहस कसैले नगरेको बेस हुनेछ।नेपाली सेनाको संगठनलाई कम्जोर बनाउने बित्तिकै मुलुकको स्वाधीनता, अखण्डता र राष्ट्रियता समाप्त हुन्छ भन्ने कुरा सम्पुर्ण नेपाली नागरिकहरुले बुझ्न जरुरी छ।

सांसदहरु र राजनीतिक दलका नेताहरूले काम पाउँदैनन क्या हो? फुर्सदमा छन क्या हो?कहिले गुठी जस्ता धर्म, संस्कार र संस्कृति मेटाउन खोजेका छन?कहिले ज्ञानेन्द्र शाहीलाई मार्न खोजेका छन?कहिले रबि लामिछानेलाई फसाउन खोजेका छन?कहिले सेनाको रेन्जर गण खारेज गर्नुपर्छ भन्छन् ? अब हुँदा हुँदै फेरी नेपाली सेनाको संगठन भित्र हात हाल्न लागे नेपाली सेनाहरुलाई पनि हेपेकै छन् ? प्रधानसेनापति रुक्मांगत कटुवालको पाला देखि नै राजनीनिक दलका नेताहरूले नेपाली सेनाको संगठनलाई सिध्याउन धेरै प्रयास गरेका हुन्।हाल सम्म मुलुक जोगिनुमा नेपाली सेनाहरु नै बाधक भएकोले नेपाली सेनाहरुलाई जिस्काई जिस्काई नेपाली सेनाको संगठनलाई बिस्तारै बिस्तारै सखाप पार्ने रणनीति हो।

त्यसैले नेपाली सेना होसियार होसियार होसियार !
अति गर्नु अत्याचार नगर्नु भन्ने नेपालीमा उखान छ।विक्रम सम्वत २०५२ साल देखि अति भो नेताहरूले रेन्जर गण खारेज गर्नुपर्छ भनि नेपाली सेनाको संगठन भित्र हात हालेकोले सेनाले अब विलम्ब गर्नु हुँदैन एयरपोर्ट र बोर्डरहरु तुरुन्त शिल्ड गरेर आज राति १२ बजे `कु´ गर्नुपर्छ।

प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     10:17:02 AM  |

One Comment

  • megendra shrestha

    यो सब भ्रष्ट नेताले रचेको सडेन्त्र हो कसरी कसरी कर्मचारी लाई लखेटेर आफ्नो नेतालाई भत्त खुवाउने काम हो यो यो देस मा नेताले मात्रै तलब भत्ता खानी गरीब जनताको छोरा लाई चुनाव मा 20/30 हजार फाल्नी चुनाब जित्नी अनि त्याही जनताको छोरा ले खाको तलब भत्ता लाई कटौती गरि आफ्नो कार्यकर्ता पोस्नी काम गरेको छ यदि तपाई नेता हरु सहि छु भन्ने लाग्छ भनी जनमतसंग्रह गरमन सक्नु हुन्छ तपाईं हरुले यो काम गर्न सक्नु हुन्न किन कि तपाईं हरु को बिश्वास छैन आब जनता लाई जनता तपाईं हरु लाई देखेरै आघाइसके आब नयाँ पिढिले यो देस हाक्नु पर्छ त्यो हो राजा आउनु पर्छ तिमी हरु का गाउँ मा भको राजा फाल्नुपर्ने छाब को अभियान मा सारा 3 करोड जनता को साथमा जसरी राजा फालेका छन त्यसै गरि आब तिमीहरु को पालो प्रतीक्षा गर्नु पर्छ यो नि नेपाली जनता ले देखाउछ जयनेपाल जयनेपाल जयनेपाल

प्रतिक्रया दिनुहोस्