23 September 2019  |   सोमवार, अशोज ६, २०७६

गायक युवराज र युदिना बाबाछोरीको ‘मेरी छोरी’ (भिडियो सहित)

    | प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६  

काठमाडौं । बुबाको मुख हेर्ने दिन गोकर्ण औंशीको विशेष अवसर पारेर गायक युवराज हिङ्ग्माङ र युदिना हिङ्ग्माङको आवाजमा बाबाछोरीको भावनात्मक गीत ‘मेरी छोरी’ सार्वजनिक गरिएको छ।

यस गीतमा युवराज हिङ्ग्माङकै शब्द, संगीत रहेको छ भने गायक युवराजकै निर्देशनमा बनेको यो गीतको भिडियोलाई डिका गुरुङले छायाँङ्कन र मिक्सिङ् गरेको हुन्। भिडियोमा युवराज र युदिना स्वयंकै अभिनय देख्न सकिनेछ।

युवराज हिङ्ग्माङको यसअघि जीवन को यहि रीत, सपना, दन्ते मोहनी, लव इन सिक्स्टिन यस्ता एल्बम बजारमा सार्वजनिक भैसकेका छन्। पहिलाका गीतलाई झैँ यो गीतलाई पनि माया गर्दिनुहुन्छ भन्ने विश्वास लिएको गायक हिङ्ग्माङले बताए।

भिडियो हेर्नुहोस्

प्रकाशित मितिः शुक्रबार, भदौ १३, २०७६     12:23:48 PM  |

प्रतिक्रया दिनुहोस्