23 September 2019  |   सोमवार, अशोज ६, २०७६

म स्वतन्त्र भित्रको पनि स्वतन्त्र व्यक्ति हुँ – भोजराज घोडासैनी

    | प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६  

म स्वतन्त्र भित्रको पनि स्वतन्त्र व्यक्ति हुँ। सामान्य समर्थन र बिरोध मन पर्दा र नपर्दा जसको पनि गर्छु। त्यसमा पनि मनको अदालतले जे गर भन्यो त्यहीँ गर्छु। मलाई उग्रवाद मन पर्दैन। सत्यको लागि बोल्नु,लेख्नु, मेरो धर्म हो। मेरो आवाज यति बिशाल दुनियाँले अर्थ नराख्ला। म सामान्य भन्दा पनि अति सामान्य मान्छे हुँ। भनिन्छ,सय थुकीनदि एक थुकीसुकि। त्यस्तै हो,ठिक यस्तै मेरो आवाज।

सामाजिक कर्मलाई उचित ढंगले गर्ने जसलाई पनि म साथ दिन्छु। भावनात्मक मात्रै हैन नैतिक, आर्थिक, भौतिक इत्यादि । भनी सकेनी मलाई उग्रवाद मन पर्दैन। म त्यति साथ दिन्छु, जति त्यो व्यक्तिले समाजलाई योगदान दिएको हुन्छ। त्यही बोल्छु। त्यही लेख्छु। त्यसैका विरुद्ध लड्छु। पछिल्ला केही दिन यता रबिको सामाजिक कर्म ठिक लाग्छ। हिजो प्रचण्ड, केपी, शेरबहादुरलाई बहादुरीका साथ काँध हालेकै हो। भोली यस्तै सामाजिक उद्देश्य बोकेर दिल निशानी मगर, किशोर श्रेष्ठ वा अन्य कोहि व्यक्ति आयो भने पनि म चुप बस्दैन। यो मेरो धर्म हो। अन्यायको विरुद्ध लड्नु, अधिकार खोज्नु, स्वतन्त्र रहनु।व्यक्तिगत जीवन सबैको आ-आफ्नै हुन्छ। त्यसको लेखाजोखा गर्ने मसंग समय छैन।

मान्छे फरक-फरक पृष्ठभुमिको हुन्छ। कोहि ठीक गर्दै बेठीक गर्छ। कोहि बेठीक गरेपछि सचिन्छ। बिगतको समिक्षा गर्छु। दुरदृश्यले भविस्य केलाउँछ। अनि वर्तमानलाई सहयोग गर्छ। कर्ममा बिश्वास गर्छु। कर्म बाटै भाग्य बदल्छु। मेरा चपाउने दाँत र देखाउने दुबै दाँत एउटै हुन्। यसको दुरुपयोग गर्दैन्। आफुलाई अलग्गै साबित गर्नुछ। कसै संग लडेर, कसैको रिस गरेर, कसैको प्रगतिमा डाह गरेर हैन। दुश्मन र मित्र सबैका हुन्छन्। मेरा पनि छन्।

मलाई थाहा छ। दुख स्थायी हुन्छ। खुसी तैरिन्छ। कर्कलाको पानी जस्तै तर पनि म दुख भित्र खुसी खोज्छु। त्यसैमा रमाउछु, खेल्छु, बोल्छु, लेख्छु, लड्छु। यसपछि निखारता आउँछ। चट्टान जस्तै बन्छुँ। मान्छेमा जे छ त्यसैमा रमाउन जानियो भने खुसी हुन सकिन्छ। पाउमा चप्पल लाउनेका लागि त्यो नै ठि हो। गोल्डस्टार लाउनेलाई त्यो नै। त्यो भन्दा माथिल्लो लेबलकालाई पनि त्यही ठिक हो। मेरो बुझाई यत्ती हो। मैले सिकेको यत्ती हो।

अध्यारो हटेपछि उज्यालो आउँछ, दुख गरेपछि सुख। दुख र अध्यारो हटाउन जीवन संग जुध्नुपर्छ। समयसँग घिस्रीनुपर्छ। त्यसपछि प्रतीक्षाको फल भन्दा पनि संघर्षको फल कति गुणा मीठो हुन्छ। आँखाले देख्न पाइन्छ। जिब्रो ले चाख्न पाइन्छ। जिवनले उपभोग गर्न।

धन्यवाद !!!!

– भोजराज घोडासैनी
वीरेन्द्रनगर, सुर्खेत
हाल दक्षिण कोरिया

प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६     3:48:34 PM  |

प्रतिक्रया दिनुहोस्