23 September 2019  |   सोमवार, अशोज ६, २०७६

सरकारले दुधको प्रतिलिटर ६ रुपैयाँ मूल्य बढायो

    | प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६  

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थाले जनाएको छ ।

बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने बताइएको छ । यसअधि सरकारले दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न २९ साउनमा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको नेतृत्वमा कार्यदल नै बनाएको थियो । कार्यदलले कम दूध उत्पादन हुने मौसममा १४.२९ प्रतिशत अर्थात १० रुपैयाँ र अत्यधिक उत्पादन हुने मौसममो ८.२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन सकिने प्रस्ताव गरेको थियो ।

संस्थानकाअनुसार बढेको मूल्यको ६९ प्रतिशत अर्थात ४ रूपैयाँ १६ पैसा किसानले पाउने छन् भने ३१ प्रतिशत अर्थात १ रूपैयाँ ८४ पैसा व्यवसायीले । नयाँ मूल्य अनुसार उपभोत्ताले भने अब एक लिटरको दुधका लागि ७६ रुपैयाँ तिर्नेछ ।

प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६     5:12:34 PM  |

प्रतिक्रया दिनुहोस्