23 September 2019  |   सोमवार, अशोज ६, २०७६

सुमन स्मारिकाको साथमा म्याग्दी गजल मेहेफिल हुने

    | प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६  

काठमाडौं । नेपाली साहित्य क्षेत्रकी सुन्दर अनि शालिन स्वभाव भएकी नारी गजलकार सुमन स्मारिकाको साथमा म्याग्दी गजल मेहेफिल हुने भएको छ ।

घरीघरी लाग्ने गर्छ जिन्दगानी के गर्नु

तिमी छैनाै भएर याे जवानी के गर्नु

सुमधुर आवाजमा गजल बाचनबाट एकाएक चर्चामा आएकी कैलाली जिल्लाकी नारी गजलकार सुमन स्मारिका काठमाडौंलाई कार्यथलो बनाएर आफ्नो साहित्यिक यात्रा चलाईरहेकी छन् । उनको आवाजमा रहेको ‘घरिघरि लाग्ने गर्छ…’  गजल सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ ।

म्याग्दी जिल्लाको बेनीमा हुन लागेको मेहेफिलमा उनै गजलकार सुमनको एकल गजल वाचन हुने भएको हो ‌। चन्द्रसूर्य साहित्य सञ्चार, बेनी, म्याग्दीको आयोजनामा हुन गइरहेको मेहेफिल आउँदो भदौ २९ गते दिनको ठीक २ बजे शिखर होटल, बेनीमा सञ्चालन हुने जानकारी दिइएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६     6:13:52 PM  |

प्रतिक्रया दिनुहोस्