23 September 2019  |   सोमवार, अशोज ६, २०७६

दुर्लभ चराको रोजाइमा घोडाघोडी

    | प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६  

इन्दु केसी, सुुखड (कैलाली) । बढ्दो अतिक्रमण, जलवायु परिवर्तन, खेतबारीमा विषादीको बढ्दो प्रयोगले चराको आहारा घट्दै जानु र विषादीका कारण वंश विनाश हुँदा चराका केही प्रजाती  लोपोन्मुखको सूचीमा परेका छन् ।

Purple Swamphen कुर्मा

यिनै लोपोन्मुखको सूचीमा परेका चराहरु पछिल्लो समयमा कैलालीको घोडाघोडी ताल क्षेत्रमा देखिन थालेका छन् । बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डले मासिक सुचक प्रजाती गणना गर्दा ताल क्षेत्रमा बगाले सिमकुखुरा आफ्ना २ जोडा बचेरा सहित फेला परेको छ भने सिलसिले हास आफ्ना ३ जोडा बचेरा सहित, रातो जुन बकुल्ला पनि बचेरा सहित भेटिएको चरा संरक्षण नेटवर्क कैलाली अध्यक्ष बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डले उपाध्यक्ष दयाराम चौधरीले जानकारी बताएका छन । घोडाघोडी ताल क्षेत्रबाट हराएको कुर्मा चरा करिब दुई  वर्षपछि फेरि भेटिएको छ।

Cinnamon Bittern रातो जुन बकुल्ला

घोडाघोडी तालको सूचक प्रजातिका रूपमा रहेको हरिहाँसले पनि यस क्षेत्रलाई प्रजनन केन्द्र बनाएको छ ।

विश्वमै लोपोन्मुख रहेका चराका प्रजाति पनि घोडाघोडी ताल क्षेत्रमा देखिनुले पनि यहाँ ती चराका लागि सुरक्षित वासस्थान छ भन्न सकिने आधार देखिएको चोधरीको भनाइ रहेको छ । ताल क्षेत्रमै लोपोन्मुख चराले वासस्थान बनाई बचेरा समेत हुर्काउन थालेका छन्। ‘सुरक्षित वासस्थान, आहारको पर्याप्तताका साथै अनुकूल हावापानीले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराका लागि सुरक्षित रहेको उनले बताए ।

Lesser whistling Duck सिलसिले हाँस

घोडाघोडी चराको लागि विश्वमै परिचित क्षेत्र भएकोले यस क्षेत्रमा चरा अवलोकन पर्यापर्यटनको प्रवद्धन गरी स्थानियको जिविकोपार्जनमा टेवा पु¥याउन सकिने नेपाल पन्छी संरक्षण संघका संरक्षण अधिकृत कृष्ण भुसालको भनाइ छ । यस क्षेत्रमा नेपालमा पाईने ८ सय ८६ प्रजातीका चरा मध्ये २ सय ९९ प्रजातीका चराहरु पाईन्छन । जसमध्ये १३ प्रजाती विश्वमै दुर्लभ र २८ प्रजाती राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा रहेका चराहरु भएको भुसालले जानकारी दिए ।

Common Moorhen बगाले सिमकुखुरा

नेपालका लागि घुमन्ते रूपमा आउने जाने गरेको बगाले सिमकुखुरा अहिले यहाँ स्थायी वासस्थान बनाइ प्रजनन प्रक्रिया गर्न थालेको छ। हिउँदमा आउने आगन्तुक चराका रूपमा रहेको बगाले सिमकुखुरा रैथाने चरा हुन थालेको छ ।

नेपालमा साइबेरियाबाट जाडो छल्नका लागि मात्र आउने आगन्तुक लोपोन्मुख तथा दुर्लभ चराको उचित वासस्थान भएको हावा, पानीसँग मेल खाएका कारण दुर्लभ चराको संख्या घोडाघोडीमा थपिने गरेको उनी बताउँछन्।

घोडाघोडी ताल क्षेत्रमा रहेका पूर्वी ओझुवा ताल, ओझुवा ताल, रामफल ताल, नकरोड ताल, बुढिया नकरोड ताल, टेङ्नुवा ताल, बैसहवा ताल, चन्द्र बिजुवा, सुनपोखरी , प्रसेनिया ,तिनचटिया , पुरैना ,  टेडि , टेङुनुहवा , खौरेहवा  , रामफल  ताललगायत २१ वटा सहायक तालमा दुई सय ९९ प्रजातिका चरा पाइन्छन ।

प्रकाशित मितिः बिहिबार, भदौ १९, २०७६     9:34:42 PM  |

प्रतिक्रया दिनुहोस्