23 September 2019  |   सोमवार, अशोज ६, २०७६

काङ्ग्रेस र कम्युनिस्टलाई कमल थापाको चेतावनी,सच्चिने कि पतन भएर जाने ?

    | प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६  

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट निति र सिधाान्त नेपालमा असफल भैसकेको दावी गरेका छन । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरिएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रीय परिषद बैंठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले काङ्ग्रेस र कम्युनिस्ट हिडेको बाटो गलत रहेको भन्दै यिनिहरुले गणतन्त्र र संघीयताका नाममा देश र जनतालाई बर्बाद पार्दै गएको बताए ।

अध्यक्ष थापाले काङ्ग्रेस र कम्युनिस्टको विकल्प भनेकै अब राप्रपा भएको दावी गरे । काङ्ग्रेस कम्युनिस्टहरु आफू राम्रो काम गर्न नसक्ने ,जनताको विस्वासलाई बारम्बार घात गर्ने ,जनताको मुहारमा खुसी ल्याउन नसक्ने,जनताको आक्रोश बुझ्न नसक्ने भएकै कारण यिनिहरु असफल भएको बताए । उनले अझै पनि काङ्ग्रेस र कम्युनिस्टको बाटोमा हिडे मुलुक झन ठूलो संकटमा पर्ने बताए ।

अध्यक्ष थापाले बर्तमान सरकारले मुलुकमा भ्रस्टाचार ,बलात्कार ,महँगी तथा ठुलाठुला घोटालामा मुछिएकालाई कार्बाही गर्न नसकेको उल्टै ढाकछोप गरेको आरोप समेत लगाए । यिनै कारणले यो सरकार र यो व्यवस्था असफल हुँदै गएको छ अध्यक्ष थापाले भने यिनिहरु आफ्ना गल्ती कमजोरी लुकाउन अरुमाथी निशेधको राजनीति र जनतामाथि सर्बसत्ताबाद लादिरहेका छ्न ।

गणतन्त्र र संघीयतालाई नै अन्तिम विस्वास मान्नेलाई म भन्न चाहान्छु तपाईंहरु सक्नुहुन्छ भने यही व्यवस्थालाई बलियो बनायर देखाउनुहोस । अध्यक्ष थापाले भने,राष्ट्र राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई बलियो पार्नुहोस ,धर्म सस्कृतिको रक्षा गर्नुहोस ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कसैलाई काखापाखा गरेर कुनैपनी व्यवस्था दिगो नहुने भन्दै सबैखाले बिचार बोकेकालाई समेट्न आबस्यक भएको बताए । आफू केही गर्न नसकेको आबेगमा कहिले जनता माथि पोखिने ,कहिले मुलुकको इतिहास बोकेको राजसस्था माथि आक्रोश पोखेर मुलुक बन्दैन अध्यक्ष थापाले भने पहिला आफू सच्चिन सक्नुपर्छ, होइन भने पतन आफ्नै कारणले हुनुपर्ला त्यो निश्चित छ ।

अध्यक्ष थापाले पार्टीले लिएको हिन्दु राष्ट्रलगायतका वैचारिक मुद्धा स्थापित गर्न युवा शक्ति संगठित हुनुको विकल्प नभएको बताए ।उनले भने” पार्टीले अवलम्वन गरेको संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र मुख्य एजेण्डा हो यसलाई स्थापित गर्न युवाहरुको महत्वपूर्ण भूमिका रहन्छ, त्यसका निम्ति संगठन विस्तारमा जुट्न अहिलेको मुख्य आबस्यक्ता हो ।”

उनले राष्ट्रिय चरित्र भएको परम्परागत मूल्य र मान्यतालाई आत्मसात गरी देश विकास र समृद्धि कायम गर्न सकिने बताए । गणतन्त्र र संघीयता आएपछि मुलुकमा भष्टचार बढेको तथा धर्म निरपेक्षता भएदेखि सनातन धर्ममाथि आक्रमण भएकाे भन्दै अध्यक्ष्य थापाले सम्वृद्धिका लागि पुरानै व्यवस्था उत्तम हुने बताए । उनले वाइडबडी विमान , ३३ किलो सुन, एनसेल कर छलीलगायतका घटना छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग पनि गरे ।

अध्यक्ष थापाले मुलुकमा विदेशी चलखेल बढ्दै गएको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रिय अखण्डताका लागि सबैलाई जागरुक हुन आग्रहसमेत गरे । थापाले धर्म निरपेक्षता, गणतन्त्र र संघीयताको विषयमा बहस आवश्यकता रहेको समेत बताए ।

प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६     3:55:14 PM  |

प्रतिक्रया दिनुहोस्