20 November 2019  |   बुधबार, मंसिर ४, २०७६

स्वदेश फर्किदै पुर्वराजा शाह,आइतबार विमानस्थलमा भव्य स्वागतको तयारी

    | प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६  

काठमाडौं । पारिवारिक तथा व्यक्तिगत भ्रमणका क्रममा थाइल्यान्डमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किने भएका छ्न । उनी आइतबार दिउँसो नेपाल फर्किने कार्यक्रम रहेको छ ।

दरबार निकट स्रोतले दिएको जानकारी अनुसार पुर्वराजा शाह मध्य दिउँसो नेपाल पुग्ने छ्न । पुर्वराजा शाहको स्वदेश फिर्तीका क्रममा राजावादी ,हिन्दुवादी तथा उनका समर्थकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छ्न । पुर्वराजा शाहको स्वागतका लागि दिउसो साढे १२ बजे विमानस्थलमा उनका समर्थकको उपस्थिती हुने जनाईएको छ ।

गत भदौ २७ गते शाह थाइल्यान्डको बैंकक प्रस्थान गरेका थिए । पछिल्लो समय मुलुकमा राजसस्था पुनर्स्थापनाको माहोल समेत तातेको छ ।

प्रकाशित मितिः आइतवार, भदौ २२, २०७६     1:11:25 AM  |

One Comment

प्रतिक्रया दिनुहोस्