17 November 2019  |   आइतवार, मंसिर १, २०७६

शोहम र पुजन एक अर्काको मायामा समर्पित भएपछि (भिडियोसहित )

    | प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६  

काठमाडौं । मोडल शोहम गुरागाई र पुजन घिमिरे एक अर्काको मायामा समर्पित भएका छन । “समर्पित” बोलको नया आधुनिक गीतको म्युजिक भिडियोमा उनिहरु समर्पित भएका हुन । चोखो माया गर्ने जोडी हरु एकअर्काको माया कति सम्म समर्पित हुन्छन भन्ने कुरा यस म्युजिक भिडियोमा देखाइएको छ ।

यस भिडियोमा शोहमले पुजन संग रोमान्स गरेका छन ।
सुमधुर स्वर भएका नब गायक गोबिन्द गुरागाईको यस गितमा आवाज रहेको छ ।  गायक गुरागाईकै शब्द/संगीत/स्वर रहेको उक्त गित बागेश्वरी म्युजिक मार्फत बजारमा आएको हो । प्रेम गर्ने जोडिको चोखो मायामा आधारित यस गितमा शोहम गुरागाई र पुजन घिमिरेले उत्कृष्ट अभिनय गरेका छन ।

यस गीतको संगीत संयोजन र अडियो मिक्सिङ बुद्ध स्याङ्बाले गरेका हुन । लक्ष्मण सुनारको निर्देशन र सम्पादन रहेको उक्त गीतको छायांकन आरोन अशोक कुमारले गरेका हुन । ड्रागोन पिक्चर्सले दृश्य निर्माण गरेको उक्त म्युजिक भिडियोको कलर अनि ग्राफिक्स मिलन बिश्वोकर्माले गरेका हुन । गायक गोबिन्द गुरागाईले यश गित नया पुस्ता लाइ लक्षित गरेर तयार पारेको हुनाले नया पुस्ताले यश गितलाई रुचाउनेमा आफु आशाबादी रहेको बताएका छन ।

गायक गुरागाई फरक आवाजका धनि भएकोले पनि उनको गीत  संगीत क्षेत्रमा जम्न सक्ने उनको आवाजका फ्यानको बुझाई रहेको छ । उनि बिगत केही बर्षदेखि गुरुकुल संगीत पाठशालामा संगीत सिक्दै आएका छन ।

यस्तै निर्देशक लक्ष्मण सुनारले नेपालमै पहिलो पटक नया कथा बस्तु समेटिएकोले यस गितलाई धेरैले रुचाउने बताएका छ्न । गित अनुसार मैले न्याय दिने कोशिस गरेको छु । निर्देशकले भने । उक्त गित हाईलाइट्स नेपालको युट्युब च्यानल मार्फत बजारमा आएको हो ।
भिडियो हेर्नुहोस ।

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     12:04:17 PM  |

प्रतिक्रया दिनुहोस्