23 September 2019  |   सोमवार, अशोज ६, २०७६

राजावादीको सक्रियताले प्रचण्डको छट्पटी, राजसंस्थालाई भूतप्रेत र राजाबादीहरुलाई प्रेतात्माको संज्ञा !

    | प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६  

काठमाडौँ । नेपाली जनताको तीब्र आलोचना ,विरोध र राजावादीको सक्रियताबाट पछिल्लो समय निकै ससंकित बनेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि बिबादास्पद अभिव्यक्ति दिएका छ्न । सोमबार २१औँ सुरेश वाग्ले स्मृति दिवसको कार्यक्रममा प्रचण्डले गणतन्त्रको शाख जोगाउन र जनताको सामु आफुलाई लोकप्रिय बनाउन राजावादी र पुर्वराजा ज्ञानेन्द्र शाहमाथि हदैसम्मको बोलीको गोली प्रहार गरे ।

पछिल्लो समय राजावादीको सक्रियता र जनताले नै गणतन्त्र भन्दा बरु राजसस्था नै ठिक थियो भन्ने सार्बजनिक अभिव्यक्ति दिनुका साथै राजावादीकै पछि जनताको लहर सृजना भएको देखेर प्रचण्डको छट्पटी र ससंकित बनेको आरोप लागिरहदा उनले फेरि पूर्वराजसंस्थालाई भूतप्रेत र राजाबादीहरुलाई प्रेतात्माको संज्ञा दिएका छन् ।

कार्यक्रममा प्रचण्डले चिहानबाट भूतप्रेतलाई ल्याउँदैमा ब्यूतिने कुरा बिज्ञानले समेत मान्दैन,प्रचण्डले भने “गणतान्त्रिक व्यवस्था विरुद्ध प्रतिक्रान्तीको गन्ध बेसी नै आईरहेको पाएको छु त्यो कुनै हालतमा सफल हुदैन । प्रचण्डके ‘चिहानबाट भूतप्रेतलाई ल्याउँदैमा ब्यूतिने कुरा विज्ञानले मान्दैन’‘तर, केही प्रेतात्माहरु बेलाबेलामा आउने र जीवित मान्छेलाई कुनै न कुनै रुपमा दुःख दिने गरेको मैले महसुस गरेको बताए ।

उनले लोकतान्त्रिक गणतन्त्रमा जनताले भनेबमोजिम काम नभएको पनि स्वीकार गरे । प्रचण्डले ‘कहिलेकाहीँ सिंहका अघि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन। सिंह सिंह नै हो। स्याल स्याल नै हो। यो कुरा सबैले आत्मसात गरे हुन्छ भन्दै चुनौती दिए ।

कुनैतत्वहरु सक्बलाउदैमा र कराउदैमा लोकतान्त्रिक व्यवस्था नै ढल्ने सपना नदेख्न उनले चेतावनीसमेत दिए । तर देशको पुर्व प्रधानमन्त्री जस्तो व्यक्तिके सार्बजनिक रूपमा बारम्बार कुनै सस्था र उनको समर्थनमा रहेका जनतामाथी यसरी अस्वभाविक रूपमा तुच्छ शब्द प्रयोग गर्नुले साच्चिकै प्रचण्डको छट्पटी लाई सहजै अनुमान गर्न सकिन्छ ।

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     12:50:10 PM  |

प्रतिक्रया दिनुहोस्